लुम्बिनी-कपिलवस्तु दिवस अभियानको ताजा अप्डेट

Read Time:9 Minute, 18 Second

– रामकुमार श्रेष्ठ

१ अमेरिकी रास्ट्रपति ओबामालाई ८ पेजको अनुसन्धानात्मक रिपोर्ट अभियानको तर्फबाट प्रेषित त्यहाँको पाठ्य पुस्तकमा भएको गलत जानकारी र प्रजातन्त्रलाई अन्तर्सम्बन्धित गराएर र विस्व शान्तिका बिबिध गतिबिधिमा संलग्न भएका कारण लुम्बिनी भ्रमण गरिनु उपयुक्त हुने सुझाब दिंदै । अमेरिकी जुत्ता कम्पनीले वुद्धको फोटो जुत्तामा राखिएको बिषयमा पनि अभियानले ओबामालाई चिठी लेखेको थियो । 

२ लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात यो बर्षको वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रम सफलतापूर्बक संपन्न गरेको । कार्यक्रम सन्चालनार्थ सहभागी मेलबर्नबाट नेपाली संचारका निर्देशक प्रमोद के सोनी, नेपालीज भ्वाइसका संपादक रामजी पौडेल, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह, गायिका निबेदिता बराल, बिकास कुमार नायक (भारत) र राधा लुइंटेल, सिडनीबाट कर्ण राजबंशी र नेपालबाट बिगेन तुलाधर, श्याम कुमार बस्नेत, पूर्व नेपालबाट कुमार अविरल र मलेसियाबाट बिक्रम अर्पण मगर सबैलाई अभियानको तर्फबाट धन्यवाद |

३ अभियानको बिस्व कार्य समितिमा एमालेका तर्फबाट सल्लाहकारको रुपमा रहनु भएका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ एमाले परित्याग गरी अर्को पार्टीमा जानु भएकोले एमालेका तर्फबाट टंक कार्कीसंग लामो कुराकानी गरी उहाँलाई थप सल्लाहकारको रुपमा राखिएको छ ।

४ गायक धीरज राईलाई थप सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको ।

५ अहिलेको चर्चाको शिखरमा रहेकी तेरिया मगरलाई DID LI’L Masters 2014 को उपाधी जितेपछी संस्थागत रुपमा अभियानले पहिलो पटक उपप्रधानमंत्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा स्वागत गरी अभियानको लुम्बिनी वालिका शान्तिदूतको रुपमा नियुक्ति दिएको ।

६ पश्चिमकै सबैभन्दा ठुलो मानिने सान फ्रान्सिस्कोको एसियन आर्ट म्युजियममा लुम्बिनी, नेपाल ग्यालरी स्थापना गरिने प्रस्ताब अगाडि बढ्दै । यस्को लागि आबस्यक फोटोहरु संकलन गर्ने काम भैरहेको छ र छिट्टै औपचारिक रुपमा पत्र लेखिनेछ । यस अघि ट्विन टावरमा बुद्धको मूर्ति राख्ने प्रस्ताब संभब नहुने भएको छ प्रस्ताब ढिला भएका कारण ।

७ आगामी डिसेम्बर र बुद्ध जयन्तीमा अन्तराष्ट्रिय कार्यक्रम गरिने भएकोले बेण्डिगोमा राखिने भनिएको बुद्धको मूर्ति त्यसपछिको बुद्ध जयन्तीमा दक्षिणी गोलार्धकै सबैभन्दा ठुलो मन्दिर सिडनीको नानटियन टेम्पलमा राखिनु उपयुक्त हुनेबारे कुरा अगाडि बढेको ।

८ लुम्बिनी बुद्धिस्ट विस्वबिद्ध्यालयको उपकुलपतिको रुपमा बिभिन्न बिषयमा मास्टर्स गरी अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट पिएचडी गर्नु भएका र बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय पदक प्राप्त गर्न सफल दक्षिण एशियाकै संस्कृति एबं ईतिहासबिदलाई अभियानले एक सशक्त योग्य उम्मेदबारको रुपमा सिफारिश पत्र बुझाएको ।

९ अभियानको पहलमा स्वीडेनको कोर्सबुक सच्याउने काम भएको ।

१० अभियानद्धारा पूर्व मन्त्री, पूर्व राजदूत, बरिस्ठ पत्रकार, भिक्षु लगायत अन्यलाई सम्मान गरिएको ।

११ वेलायतकी महारानीलाई वुद्धको मूर्ति उपहार दिने सम्बन्धमा गरिएको पत्राचारको प्रत्युत्तरमा बकिंघाम दरवारबाट कार्यक्रम बिशेषमा उपहार दिन सकिने तर ब्यक्तिगत रुपमा महारानीबाट उपहार लिने प्रचलन नभएको ब्यहोराको पत्र प्राप्त ।

भावी योजना:

१ आगामी बुद्ध जयन्तीमा बेल्जियममा अभियानले अन्तराष्ट्रिय संगोस्ठी गर्नको लागि बेल्जियममा सशक्त राष्ट्रिय समिति आबस्यक भएकोले यथाशिघ्र पुन: गठन गर्ने । अन्तराष्ट्रिय संगोस्ठीको निम्न ब्यक्तिहरुको एउटा मूल समिति गठन गरिएको छ:

ई रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) मूल संयोजक

डा कृष्ण अर्याल (नर्बे), प्रो डा कृष्ण पन्थी (नर्बे), प्रो डा मिरोज शाक्य (अमेरिका), डा हरी कुमार श्रेष्ठ (नेपाल), डा मधु कृष्ण श्रेष्ठ (रसिया), ई शंकर गौतम (स्विडेन), र दामोदर प्रशाद आचार्य (बेल्जियम)    

युनेस्को मार्फत लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धानात्मक परियोजनाको नेतृत्व गरिरहनु भएका प्रो कनिङ्हामलाई उक्त कफेरेन्समा सहभागी गराउने कुरा सकारात्मक किसिमबाट अगाडि बढेकोले त्यस्को फलो अप नेपाल टिमले गर्ने । संपर्क सूत्र पछी उपलब्ध गराइनेछ ।              २ अभियानको छैटौं बार्षिकी मनाउने क्रममा आगामी डिसेम्बरमा बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउन निम्न ब्यक्तिहरुको समिति गठन गरिएको छ:  

डा मधु कृष्ण श्रेष्ठ (रसिया) मूल संयोजक

डा हरि कुमार श्रेष्ठ नेपाल , सानु घिमिरे (अस्ट्रेलिया), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), बिमल गिरी (बेल्जियम), सुरेन्द्र लिम्बू परदेशी (भारत), समदर्शी काइंला  (युनाइटेड अरब एमिरेट्स) र बिकल आचार्य (वेलायत)

डा मधु कृष्ण श्रेष्ठ: तपाईंलाई यो ग्रुपमा मैनेजर बनाइएकोले पछी बनाइने उपसमितिहरु र निर्णयक मण्डलमा राखिएका ब्यक्तिहरुलाई यो ग्रुपमा आँफैले थप्न सक्नुहुनेछ ।

३ नेपालमा २५ प्रतिशत र अमेरिकामा ७५ प्रतिशत छायांकन गरिएको Buddha was born in Nepal फिल्मको संपादन गर्ने काम सकिन लागेकोले आ-आफू बसेको देशमा शोको लागि जिम्मेवारी लिन सक्ने भएमा जानकारी दिनु हुन अनुरोध, नभएमा बिकल्पको बारेमा सोचिनेछ ।

जानकारी: अभियानकी लुम्बिनी वालिका शान्तिदूत तेरिया २९ अगस्तको कार्यक्रमको लागि दुबइ र सेप्टेम्बर १३-१४ को लागि वेलायत आउँदै । वेलायतको लागि अस्ती बिहीवार भिषाको लागि प्रकृया अगाडि बढाइसकेको र अस्ट्रेलिया समेत आइसकेकोले सबै कुरा राम्रै होला ।

 (श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %