मुटुरोगी पांडेलाई मगर संघ मेलेशिया बाट १५ हजार सहयोग

Read Time:4 Minute, 46 Second

मुटुरोगी पांडेलाई आर्थिक सहयोग प्रदान, सहयोग गरि जिबन बचाईदिन पाडेको सबैसंग आग्रह ।

 

देब पचभैया

पाल्पा, श्रावण २४ – बराङ्गदी ५ सापाखुम पाल्पाकी ३६ बर्षिया मुटुरोगी लक्ष्मी कुमारी पांडे मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेपालमगर महिलासंघ पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी मुटुरोगी पाडेलाई २५ हजार रुपिया प्रदान गरेको हो ।

प्रबासी मगर संघ मेलेशिया बाट १५ हजार, पाल्पाका नेपालमगर संघ, मगर महिला संघ , बिधार्थी संघ बाट पाच हजार अनि कार्यक्रमका सहभागीहरुले चार हजार नौ सय पचास रुपिया आर्थिक सहयोग गरेका हुन् । सहयोग कार्यक्रममा बोल्दै मुटुरोगी लक्ष्मी पाडेले तत्काल दुबै मुटको भल्ब फेर्नु पर्ने तर आफु संग पैसा नभएकाले त्यो काम गर्न नसकेको बताए । 

कार्यक्रममा बोल्दै प्रबासी मगर संघ मेलेशियाका अध्यक्ष राजेन्द्र राना मगर र सल्लाहकार छबि सुर्यबंशीले मुटुरोगी लक्ष्मी पांडेलाई थप सहयोगको लागी मलेशियामा गएर छलफल चलाउने बताए । सानैमै बुवा गुमाएकी लक्ष्मीको घरमा ६४ बर्षिया आमा तिलकुमारी मात्रै हुनुहुन्छ । टोलछिमेकमा निमेक गरी बुढी आमा पाल्दै आएकी लक्ष्मीलाई मुटुरोगले भेटाएदेखि नै छिमेकीहरुले अन्तपात सहयोग गर्दे आएका छन् ।

लक्ष्मीलाई  २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उहालाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र  रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको उनले बताए । 

अस्पतालले तत्काल मुटुको अप्रेसन गर्नुपर्ने बताएपनि पैसाको अभाबमा अहिले सम्म अप्रेसन गर्न नसकेको लक्ष्मीका काका कृष्णबहादुर पाडेले जानकारी दिए । अहिले सम्म ७ लाख बढी खर्च भएको र अप्रेसन गर्न तत्काल ६ लाख अस्पताले मागेको काका कृष्णले जनाकारी दिए । 

गाउ छिमेकीले सकेजति सहयोग गरिसकेकाले अबको उपचारको लागी स्थानियले सहयोग गर्ने अबस्था नभएको छिमेकी चुराहादुर रानाले बताए । उनका छिमेकीहरुले जिल्ला स्वाथ्य कार्यालयमा पनि आबश्यक कागजात पेश गरेर सरकारी सहयोगको लागी निबेदन दिएको बताएका छन् ।

हरेक ३ हप्ताको फरकमा पाल्पा स्थित युनाईटेड मिसन अस्पतालमा मुटुको परिक्षण गराइरहनुभएकी लक्ष्मीले एक पटक जाँच गराउदा ६ सय बढी खर्च भैरहेको जानकारी दिए । आफु बाचेर बुढी आमा पाल्ने र छिमेकीले दिएको सहयोगको गुन तिर्ने लक्ष्मीको भनाई छ ।

मगर महिला संघ पाल्पाका अध्यक्ष पुष्पादेबी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब फुलमाया गाहाले गरेका थिए ।

कार्यक्रममा भुपु सैनिक कलबका जिल्ला अध्यक्ष क्याप्टेन  नुर बहादुर कुवर , गुठीका तर्फबाट हरी बहादुर थापा, नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा, मगरसंघका केन्द्रिय सदस्य मोहन थापा, आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल प्रमख देब पचभैया लगाएतले बोल्नु भएको थियो ।

मगर पहिनासंघ पाल्पाका सहकोषाध्यक्ष मोहनकुमारी बुढाले कार्यक्रमका पाहुनाहरुलाई स्वागत गनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %