बिद्युत विनाको ग्राभिटी रोपवे

Read Time:2 Minute, 23 Second

देब पचभैया

स्याङ्जा, २५ साउन – स्याङ्जा जिल्लाको कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा लिने गरिएको पित्लेकमा उत्पादीत बस्तु निकासी गर्न सहज होस भनि पित्लेक खहरे जोड्ने विना विद्युतीय ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । रोपवे सञ्चालनमा आएपछि स्थानीय कृषकहरु हर्षित भएका छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय ब्यवसायीक कृषि तथा ब्यापार आयोजना (PACT) को २४ लाख ४५ हजार र ३१ लाख ६० हजार स्थानीय कृषक तथा उपभोक्ताहरुबाट संकलन गरी ५६ लाख ५ हजारको लागतमा रोपवे निर्माण भएपनि संचालनमा आएको हो ।

जनकल्याण कृषक सहकारी संस्था लिमिटेड पित्लेकको सक्रियतामा निर्माण गरिएको विना विद्युतीय ग्राभिटी रोपवे सञ्चालनमा आएपछि जगतभञ्ज्याङ गाविस स्थित पित्लेकका १ सय ७२ घरधुरीका कृषकहरु लाभान्वित हुने ग्राभिटी रोपवे उपआयोजनाका ब्यवस्थापक हुमनाथ लामिछानेले जानकारी दिए ।

पित्लेकदेखि वालिङ नगरपालिका–८, स्थित खहरेसम्म कूल ८ सय ५४ मिटर लामो रहेको रोपवेले एक मिनेटमा १ सय २० केजी सामान ढुवानी गर्न सक्ने छ । रोपवेमार्फत सामानहरु ढुवानी गरे वापत प्रतिकेजी ५० पैसा शूल्क लिने गरिएको छ ।

पित्लेकमा हाल ब्यवसायीकरुपमा गोलभेंडा, काउली, कफि, सुन्तला, अदुवा, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी साथै फलफूल खेती गरिंदै आएको छ ।

२०६८ बैशाख १० गते सम्झौता भई निर्माण कार्य थालिएको उक्त आयोजना २ वर्षमै निर्माण गरिसक्ने भनिएपनि प्राविधिक तथा विद्युत तार स्थानान्तरण गर्नुपर्ने भएकाले निर्धारित समयभन्दा ढिलो गरी सञ्चालनमा आएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %