देब पचभैया
पाल्पा, श्रावण २४ – आदिबासी जनजातिको अडान पहिचान सहितको संबिधान भन्ने मुल नाराका साथ आज पाल्पामा पनि २० औ बिश्व आदिबासी दिबस मनाएका छन् ।
दिवसको अवसरमा बोल्ने बक्ताहरुले आदिबासी एकतामा जोड दिदै पहिचानको लडाईमा अघि सधै सचेत र अग्रसर हुनुपर्ने बताएका छन् ।
जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा शौन्दर्य लाल शाक्य, टोप बहादुर कुमाल, चिनियालाल बज्राचार्य, मोहन थापा, भीम बहादुर कुमाल, जिराबहादुर कुमाल, रेशा मलेगो, पत्रकार देब पचभैया , मानध्वज श्रेष्ठ, लिला बगाले, बसन्त घर्ती लगाएते बोलेका थिए । जिल्ला उपाध्यक्ष यस कुमार गरम्जाले स्वागत गरेको कार्यक्रममा सचिब तेज कुमालले संचालन र मायादेबी बज्राचार्यले पाहुनाहरुलाई धन्यबाद दिएका थिए ।
