देब पचभैया
पाल्पा, श्रावण २५ – तानसेनमा आईतबार बाट औपचारिक रुपमा जात्रा शुरु भएको छ ।
जात्राको शुरुवात गांठेमंगलदेखीनै भएपनि अब भाद्र २ गते हुने भगवती जात्रा सम्म निरन्तर बिभिन्न जात्रा निकालिने छ । गाईजात्रा, रोपाईजात्रा, भिमसेन जात्रा, गणेश जात्रा, अमरनारायण जात्रा लगाएतका जात्राहरु तानसेनमा लिकालिनेछन् ।
आइएतबार तानसेन ३ बसपार्कका युवाहरुले हास्यब्यङ्ग प्रर्दशन संगै चुईकिफिराई निकालेका हुन् । तानसेनको बसपार्क, सित्तलपार्टी, टुडिखेल लगाएतका स्थानमा चुइकिफिराई देखाईएको थियो ।
सस्कृतिमा तानसेन धनी भएपनि पछिल्लो समयमा आर्थिक अभाब एबं सम्बन्धीत निकायको वेवास्ताले गर्दा जिल्लामा रहेका कला र सस्कृतिहरुलाई बचाउन गारो भएको स्थानियहरुले गुनासो गरेका छन् ।
