तमू ह्युल छोंझधिं गुरुङ राष्ट्रिय परिषदमा आर्थिक अनियमितता

Read Time:3 Minute, 44 Second

तमू ह्युलले आर्थिक अनियमितता र विधान विपरित काम गरेको भन्दै संघर्ष समितिद्वारा प्रतिवेदन सार्बजनिक ।

देब पचभैया

काठमाडौं, २४ साउन – तमू गुरुङहरुको साझा संस्था तमू ह्युल छोंझधिं गुरुङ राष्ट्रिय परिषदले आर्थिक अनियमितता र विधान विपरित काम गरेको खुलेको छ ।

ह्युलसंग असन्तुष्ट गुरुङ तमू एकता संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत उक्त विषय सार्बजनिक गरेको हो । लामो समयदेखि आन्तरिक रुपमा एकताको प्रयास भएपनि आफुहरुको मागलाई ह्युलले सम्बोधन नगरेपछि पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्बजनिक गर्न बाध्य भएको संघर्ष समितिका संयोजक धु्र्बबहादुर गुरुङले बताए ।

समाज सेवाको नाममा आउने रकम संस्थाको खातामा नहाली सिधै पहुँचवाला ब्यक्तिहरुले खाता खोली दुरुपयोग गरेको उनले बताए । ‘ह्युलमा आउने ठूलो रकम अनियमितता भइरहेको छ, जसबाट हाम्रो हित हुन सक्दैन ।’उनले भने । संघर्ष समितिले आर्थिक अनियमितता र विधान विपरित गरेको कामको विषयमा प्रतिवेदन समेत पत्रकार सम्मेलनमा सार्बजनिक गर्यो । ह्युलका पूर्व कोषाध्यक्ष आनन्द घलेले आफु कोषाध्यक्ष रहेको समयमा विधान संगत रुपमा काम गर्न नदिइ काम पदीय दायित्वको काम गर्नबाट बञ्चित गरीएको बताए । उनले आफु कोषाध्यक्ष पदमा रहेपनि आर्थिक क्षेत्रको पाटोमा आफुलाई ह्युलका पहुँचवालाहरुले पुरै हस्तक्षेप गरेको बताए ।

तमू बौद्ध सेवा समितिका पूर्व अध्यक्ष चीजबहादुर गुरुङले विधान संसोधन, र आर्थिक लगानी सबै वर्ग र क्षेत्रमा समान हुनुपर्ने कुरा बारम्बार उठाएपनि ह्युलले बेवास्ता गर्दै आएको बताए । उनीहरुले विज्ञप्ति मार्फत २०६५ सालको महाधिवेशनबाट पारित मर्म र भावनालाई कुल्चिएर विधान विपरित २०७९ को झापा महाधिवेशन सम्पन्न गरेको आरोप लगाएका छन् । झापाको महाधिवेशनमा बल प्रयोग गर्दै एकतर्फी ढंगबाट महाधिवेशन सम्पन्न गरेको, महाधिवेशनमा असन्तुष्ट र बुद्धिजिबी गुरुङ अग्रजहरुलाई बोल्ने अवसर समेत नदिइ पुरै बेवास्ता गरेको संघर्ष समितिले बताएको छ ।

तमू गुरुङहर अहिलेसम्म एकताबद्ध नभएको उनीहरुले बताए । अझैपनि एकताका लागि प्रयास भईरहेको भन्दै संघर्ष समितिले १८ महिलादेखि एकताको प्रकृयामा रहेपनि ह्युलले बेवास्ता गरेको अरोप लगाएको छ । कार्यक्रममा तमू गुरुङ विज्ञहरु प्रा.डा. ओम गुरुङ जुद्धबहादुर गुरुङ, गणेशबहादुर गुरुङ लगायत विभिन्न संघ, संस्थामा गुरुङहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम तमू बौद्ध सेवा समितिको हल अनामनगरमा भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %