काठमाडौ, श्रावण २३ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिमा डा.गणेश गुरुङलाई नियुक्त गरेको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा बनेको समितिको सिफारिसले शुक्रबार उनलाई नियुक्ति गरेको हो ।
स्वास्थ्य मान्त्रीको तीन सदस्य समितिले रिक्त पदका लागि पठाएको सिफारिसलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिले सुशिल कोइरालाले गुरुङलाई नियुक्ति गरेको छ ।
विगत ४ महिनादेखि प्रतिष्ठानमा उपकुलपति लगायत पदाधिकारीको पद रिक्त बनेको छ । केहीदीनदेखि चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुको विभिन्न मागहरु मध्ये रिक्त पदपूर्ती पनि रहेको छ । गुरुङ एमाले निकट भएकै कारण त्यो कोटामा पर्न सफल भएका हुन , आजको कान्तिपुरले छापेको छ ।
