गोविन्द घर्ति
देवदह २२ साउन – रुपन्देहीको देवदह क्षेत्रमा रहेका विभिन्न सामुदायिक वन तथा सार्वजनिक जग्गाहरुमा बृक्षरोण गर्ने काम तिव्ररुपमा भईरहेको छ । विरुवा लगाउनु भन्दा विरुवाको संरक्षण र सम्वद्र्धन गर्न कठिनाई हुने भएको हुदा सही तरिकाले विरुवा रोप्नु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत दिपक ज्ञवालीले बताएका छन । देवदह–१०, प्रगति सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको अवसरमा अधिकृत ज्ञवालीले उक्त कुरा बताएका हुन । ज्ञवालीले बृक्षारोपण प्रविधिको वारेमा जानकारी गराउदै सही तरिकाले विरुवा नरोपे विरुवा मर्न सक्ने हुदा त्यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए । प्रगति सामुदायिक वन क्षेत्रमा करिव २ सय टिकको विरुवा लगाईएको सामुदायिक वनका सचिव पवन पौडेलले जानकारी गराए । त्यसैगरी शिवालय सामुदायिक वन उपभोक्ता समुह र दुर्गा मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मन्दिरको हाताभित्र करिव ३ सय विरुवा लगाईएको शिवालय सामुदायिक वनका अध्यक्ष खेम नारायण अधिकारीले बताए । टिक, बेल, टाकी, अमला, जामुन लगायतका विरुवा लगाईएको मन्दिर व्यवस्थापन समितिका सचिव कुल बहादुर हमालले बताए छन । दुर्गा मन्दिर व्यवस्थापन समितिका सचिव कुल बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा सागर गोदार, गणेश वस्याल, खेमनारायण अधिकारी लगायतले बृक्षारोपणको वारेमा प्रकाश पार्नु भएको थियो । छविलाल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै देवदह–९, टटेरामा पनि करिव ६ विगाहा जमिनमा बृक्षारोपण गरिएको छ । विभिन्न जातका विरुवाहरु लगाईएको आयोजकले जनाएको छ ।
