पहिलो संविधानसभाबाट प्रस्तावित तमूवान प्रदेशभित्र थातथलो भएका आदिवासी जनजातिहरु (गुरुङ, बराम, भुजेल, दुरा, चेपाङ, थकाली, बाह्रगाउँले, तीन गाउँले, दराई, ल्होपा, मार्फाली, सियार, लार्के आदि) को सक्रियतामा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापित गर्नको लागि तमूवान प्रदेश संयुक्त मोर्चा गठन गरिएको जानकारी गराउन भेलामा सहभागी हुन पत्रमा अनुरोध गरिएको छ ।
उक्त मोर्चाले २०औं विश्व आदिवासी दिवस २०१४ को सन्दर्भमा मितिः २०७१ श्रावण २२ गते दिनको ठीक १० बजे , तमू ह्यूल छोँज धिँको सभाहल, गोङ्गबु, काठमाडौंमा डा. बाबुराम भट्टराई सभापति, राजनीतिक संवाद तथा सहमति समिति एवं वरिष्ठ नेता एनेकपा माओवादी, रामचन्द्र पौडेल सदस्य, राजनीतक संवाद तथा सहमति समिति एवं उपसभापति नेपाली कांग्रेस र विद्यादेवि भण्डारी सदस्य, राजनीति संवाद तथा सहमति समिति एवं उपाध्यक्ष नेकपा एमाले बक्ताहरु रहेका छन् ।
त्यस्तै सहजकर्ताहरुमा डा. ओम गुरुङ, डा. महेन्द्र लावती रहेको संयोजक रेशम गुरुङले सबै पत्रकार हरूलाइ ०१४३८५८६८ मा सम्पर्क गर्न समेत सकिने जानकारि दिए ।
