आई एल ओ १६९ कार्यान्वय गराउन राज्यलाई दवाव

Read Time:3 Minute, 47 Second

गोविन्द घर्ती 
देवदह साउन २१, राज्यको नीति निर्माण तहमा जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व भएमात्र आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आई एल ओ १६९ को सन्धी कार्यान्वयन नहुदा सम्म आदिवासी जनजातिको अधिकार स्थापित हुन नसक्ने हुदा आई एल ओ १६९ कार्यान्वय गराउन राज्यलाई दवाव दिनु पर्नेमा जोड दिएका थिए । देवदह नगरपालिका–२, ढेकावरमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ देवदह नगरपरिषदको प्रथम अधिवेशन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीले पहिचान सहीतको संघीयताको लागि राजनैतिक दल र राज्यलाई दवाव दिनु पर्नेमा जोड दिए । चौधरीले राजनैतिक दलका नेताहरुको चलखेलका कारण लक्षित बर्गलाई छुट्याईएको बजेट पारदर्शिता हुन नसकेको बताए । लक्षित बर्गलाई छुट्याईएको रकम सही ठाउमा सदुपयोग गर्नु पर्नेमा चौधरीले जोड दिएका थिए । तर्दथ समितिका संयोजक नैनबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तमु छोंज धी केन्द्रीय अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, भुजेल सेवा समाज रुपन्देहीका उपाध्यक्ष ज्ञानेन्द्र भुजेल, नेपाल मगर संघका देवदह नगर अध्यक्ष लालबहादुर दर्लामी, कुमाल सेवा समाज देवदहका अध्यक्ष शिव कुमाल, तमु छोंज धी देवदह नगर समितिका अध्यक्ष टौबहादुर गुरुङ्ग, वीर बहादुर गुरुङ्ग, पदम थापा, थमबहादुर बुढाथोकी, चिरन पुन, कालुराम थापा, विद्यालक्ष्मी गुरुङ्ग, यमबहादुर आले, सुरेन्द्र गुरुङ्ग लगायतले बोल्दै आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सम्पूर्ण आदिवासी जनजातिहरु एक जुट हुनु पर्नेमा जोड दिएका थिए । निर्मला चौधरीको स्वागत राजकुमार श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले बोम बहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा वालकुमारी तामाङ्ग, सचिवमा थमबहादुर बुढाथोकी, कोषाध्यक्षमा नविन श्रेष्ठ र सहसचिवमा दिनेश भुजेल रहेका छन । अन्य सदस्यहरुमा सिताराम जोगीथारु, निर्मला चौधरी, राजु भुजेल, बुद्धगुरुङ्ग, यम बहादुर आले, विन्दु थापा चयन हुनु भएका छन । देवदह नगरपालिकामा ७ वटा एकल जातीय संस्थाहरु जनजाति महासंघमा आवद्ध रहेका छन् । नेपाल मगर संघ, तमु छोंज धी, थारुकल्याणकारिणी सभा, नेवाः पुच, तामाङ्ग घेदुङ्ग, कुमाल सेवा समाज, भुजेल समाज रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %