संखुवासभामा गएको पहिरोमा परि ७ जनाको ज्यान गयो

Read Time:1 Minute, 32 Second

भैरब आङला

संखुवासभा, साउन २० संखुवासभाको स्याबुन ३ फल्याङ गाउँमा पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । विहान ३५ वर्षका पूर्णहादुर कोइराला र उनका बाबु ७२ वर्षका इन्द्रबहादुरको शव भेटिएको हो । शव पहिरोमा पुरिएको अस्वथामा स्थानियवासी  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निकालेको जिल्ला प्रहरी प्रमुख डिएसपी कमल थापाले बताए । यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । तीन जना अझै बेपत्ता छन । पहिरोमा परी ६८ बर्षका कृतिमान कोइराला, उनकी पत्नी ५५ बर्षकी देवीमाया र १४ बर्षकी छोरी तुुलसा, पुर्णहादुरको छोरा ८ वर्षका प्रज्वल र ६३ बर्षका मेहरमान कोइरालाको शव हिजो निकालिएको थियो । मेहरमानकी पत्नी, ५८ वर्षकी कुमारी, पूर्णहादुरका पत्नी ३० वर्षकी सम्झना र छोरा १० बर्षका रोशन अझै बेपत्ता छन । हिजो बिहान १ बजे घरमाथिबाट पहिरो खस्दा ३ परिवारका १० जना पुरिएका थिए । ३ सय मिटर माथिबाट झरेको पहिरो करिब १ किलोमिटर बगेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %