दिल थापा
बुटवल १० सुख्खानगर निवासी वरिष्ठ समाजसेवी तथा राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना काल देखि लाग्नु भएका सक्रिय सस्थापक दलबहादुर थापा मगरको पैसठ्ठी वर्षको उमेरमा अचानक हृदयघात बन्द भइ सोमबार असामाहिक निधन भएको छ ।
न्यायको लागि सधै सघर्षरत कर्मठ समाजसेवी दलबहादुर थापाको जन्म बाबा मोति प्रसाद थापा र आमा बामरी थापाको कोखबाट २००६ सालमा बुटवलको राममन्दिर लाइनमा जन्म भएको हो । उनि २०२६ सालमा पानश्री थापा मगर सँग बैवाहिक जिवनमा बाधिएका थिए । उनको सन्तानमा हाल ३ छोरा १ छोरी रहेका छन , जसमा १ छोरीको समय पहिला आकस्मिक निधन भएको थियो । राष्ट्रिय जनमुक्तिको स्थापना काल देखिनै सक्रिय कार्यकर्ता रहेका थापा २०५४ सालको स्थानिय निकायको निवाचनमा बुटवल वडा नं. १० बाट अध्यक्ष पदको लागि उम्मेद्धार समेत भएका थिए ।
पार्टीको जिल्ला कार्य समितीको सदस्य पदमा रहि सक्रिय भुमिका निर्वाह गरिसकेका थिए । यसै गरि उनि नेपाल मगर संघ बुटवल नगर समितीमा स्थापना काल २०४९ साल देखि नै मगरहरुको हक र हितको लागी सक्रिय भएर विभिन्न पदमा रहेर काम गरे । हाल उनि शान्ति ज्योति बौद्ध गुम्बाको वरिष्ठ सल्लाहकारमा कार्यरत रहेका थिए । उनको निधन प्रति राष्ट्रिय जनमुक्ति पार्टी , सिंगो मगर समाज र शभुचिन्तक स्तब्ध भएका छन । उनको अन्तिम सस्कार सोमबार योगिकुटी स्थित मगरघाटमा बुद्ध संस्कार अनुसार गरिएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी , सिंगो मगर समाज र शभुचिन्तक उनको निधन प्रति गहिरो सोक प्रकट गर्दछ ।
