कमल चौधरी
बुटवल – राष्ट्रिय जनमुक्ति पार्टीका महासंचिव केशव शुर्यवंशीले बुटवलमा अयोजिक एक कार्यक्रममा बोल्दै आदिवासी जनजाति होसियार हुन जरुरी रहेकोमा जोड दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय भूतपूर्व सैनिक संगठन लुम्बिनी राज्य परिषद्को प्रथम अधिवेशन पार्टी महासचिव केशव सूर्यवंशीले मंगलबार(आज) बुटवल स्थिार अम्मर भवानमा बोल्दै यस्तो भनेका हुन् । उनले अधिवेशनमा भेला भएका राष्ट्रिय भू.पू सैनिक संगठन र पार्टीका योद्धहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीको अवधारणा यो मुलुकलाई आवश्यक परेको हुँदा ठूला भनाउँदा पार्टीले पनि राष्ट्रिय जनमुक्तिको आवाज बुलन्द गर्दै माओवादी कांग्रेस र एमाले पार्टीले सोझा साझा आदिवासी जनजातिहरुलाई अल्मलाएको जिकिर गरे ।
उनले कात्र्तिक महिनाको मसान्तमा दोश्रो संविधान सभा मस्यौंदा आउने छ, भन्दै अब अउने मस्यौदामा आदिवासी जनजातिहरु को १२ बुँदे माग नआएमा आन्दोलनको लागि राष्ट्रिय भूपू सैनिक संगठनलाई तम तयार रहन आग्रह गरे ।
उक्त कार्यक्रम राष्ट्रिय भूपू सैनिक संगठन केन्द्रिय अध्यक्ष क्या. भिम बहादुर रानाको अध्यक्षता, रुपन्देही जिल्ला अध्यक्ष सी. एच.एम. नरसिंह काउचाको स्वागत र केन्द्रिय महासचिव क्या. ज्ञान बहादुर थापा मगरको संचलन रहेको कार्यक्रममा भूपू मेजर सिबी थापा, संघीय परिषद् सदस्य रुद्र बहादुर गुरुङ्ग, संघीय सभा सदस्य क्या. मन बहादुर थापा, लुम्बिनी राज्य परिषद् अध्यक्ष नगेन्द्र रौतार थारु, पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, राष्ट्रिय मोर्चा धनी आले, युवा मोर्चा केन्द्रिय कोषाध्यक्ष शंकर गाहा, लगायतले बोलेका थिए ।
कार्यक्रमको लुम्बिनी राज्य परिषद् समिति एस.एम. शेरबहादुर पुनको अध्यक्षता १७ कार्य समिति गठन गरिएको छ । जसमा उपाध्यक्षमा क्या. घन बहादुर मिथुन थापा, सचिवमा नर बहादुर रोका , सह–सचिवमा सु.मे ईन्द्र बहादुर राना, कोषध्यक्षमा विष्णु प्रसाद पुन ,सह– कोषध्यक्षमा क्या. विन बहादुर रासकोटी, चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सु. जित बहादुर गुरुङ्ग, फटि बहादुर थापा, शमसेर आले, पि माया थापा, जित बहादुर राना, रान बहादुर थापा, राम बहादुर पल्ली, टीलक बहादुर राना, सु.मे चन्द्र सिंह राना, सु.मे जमनसिंह सिंजाली, भिम बहादुर बाकाबल मगर, सु. पदम बहादुर थापा र तिल बहादुर झेरी मगर चयन भएका छन् । त्यस्तै ६ सदस्य पछि मनेनित गर्ने समितिले जनाएको छ ।
