मिस मगर नेपाल २०१४ अडिसन राउण्ड सोमबार बुटवलमा सम्पन्न

Read Time:2 Minute, 31 Second

कमल चौधरी / बुटवल

“जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मुल नारा सहित नेपाल मगर संघ जिल्ला कार्य समिति पोखराको आयोजनमा रिर्भस इभेन्ट म्यनेजमेन्ट पोखराको व्यवस्थापनमा हुन लागेको मिस मगर नेपाल २०१४ अन्र्तगतको अडिसन राउण्ड सोमबार बुटवलमा सम्पन्न भएको छ ।

रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा लगायतका जिल्लाहरुबाट मिस मगर नेपाल अडिसन राउडको लागि थु्रपै मिस मगरहरुको उपस्थिति रहेको थियो । जसमध्ये मिस मगर नेपाल २०१४ का लागि छनोट चरणमा तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी २० बर्षीया विना थापामगर र सुनवल नगरपालिका वार्ड नं. ४ निवासी २० बर्षीया यमकला पुनमगर छनौट भएका छन् ।

मिस मगर नेपाल छनौटका लागि देशका विभिन्न सहरहरुमा अडिसन चलिरहेको छ । त्यही क्रममा सोमबार बुटवलमा एक कार्यक्रममका बीच मिस मगर नेपाल २०१४ छनोट भएको हो । बुटवलमा भएको मिस मगर २०१४ छनौट कार्यक्रमको पूर्व सन्ध्यामा नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष पूर्ण बहादुर रानामगर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष मिलन गाहा, नेपाल मगर महिला संघका नगर अध्यक्ष ओमी पुन फोनिजका सचिव अशिस सुर्यवंशी लगाएतले बोलेका थिए । अडिसनका लागि धरान, कैलालीमा हेटाैडा, बुटवल लगाएतका मुख्य–मुख्य सहरहरुमा भैरहको फोनिज रुपन्देहीका सचिव अशिष सुर्यवंशीले जानकारी गराए ।

प्रतियोगिता उपाधि बिजेताले पियाजिओ स्कुटर, म्युजिक भिडियो, फस्ट रनर अपले कोर आइ फाइप ल्यापटप, म्युजिक भिडियो, सेकेण्ड रनर अपले एण्ड्रोइड ट्याबलेट मोबाइल र विभिन्न आकर्Èक उपहार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %