विनोद रखाली मगर
साउन १९, गल्याङ् – नेपाल मगर महिला संघ तल्लो गल्याङ्ले आधिँखोलाको नवनिर्मित पक्कि पुल वरिपरी तथा तल्लो गल्याङ्मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न प्रजातिका विरुवाहरु निम, चाप , आँप , कटुस लगाएत विभिन्न फलफुल हरुका झण्डै ३०० विरुवा पुल वरिपरी लगाइएको मगर महिला संघ स्याङ्जा जिल्ला सदस्य तथा समाजसेवि कृष्णामाया राना मगरले जानकारी दिए । वृक्षारोपण कार्यमा आक्वाले विरुवा सहयोग गरेको मगर महिला संघले जनाएको छ ।
विरुवाहरुको हेरचाह तथा नवनिर्मित आधिँखोला पुल वरिपरी नियमित हेरचाह र सरसफा्ईको कार्यलाई नियमित दिइने जनजागृती आमा समुहका अध्यक्ष खिमिसरा गाहा मगरले बताए । झण्डै ३० जना मगर महिलाहरुको सहभागितामा वृक्षारोपण गरिएको जनाइएको छ ।
