कमल चौधरी / बुटवल
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आदिवासी पत्रकार लाई सम्मन गर्ने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका जिल्ला अध्यक्ष मिलन गाहाको अध्यक्षतामा आईतबार बसेको वैठकले (फोनिज)को संस्थापन दिवासको अवसमा स्व. पत्रकार देव पत्रकारिता पुरुस्कार एक जना आदिवासी जनजाति पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो ।
विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघको १६ औं स्थापना दिवासको अवसमा आदिवासी जनजाति, उत्पीडित वर्गको हक अधिकारका विषयमा शासक्त रुपमा कलम चलाउदै आएका पत्रकारलाई स्व. पत्रकार देव पाटामगर पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले उत्कृष्ट पत्रकार छनौटका लागि फोनिज रुपन्देहीका निवर्तमान कोषाध्यक्ष तथा स्व. पत्रकार देव पत्रकारिता बाट सम्मानित भैसकेका पत्रकार गोविन्द घर्तीमगरको संयोजगमा २ सदस्यीय छनौट समिति चयन गरिएको छ । जसमा सदस्य सूर्य श्रेष्ठ “आजाद” र सदस्य सरु राना रहेका छन् ।
उक्त बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला उपाध्यक्ष राज चौधरी , सचिव अशिष शुर्यवंशी, सदस्य कमल चौधरी लगाएतले बोल्दै पत्रकारहरुलाई अझ शासक्त रुपमा उत्पीडित जात–जाति समुदायको हकअधिकारका विषयमा कलम निरान्तरताको लागि उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवस श्रावण २६ गते मनाउने निर्णय गरेको छ ।
साथै फोनिज रुपन्देहीले आफ्नो स्थापना दिवासको अवसरमा क्रियाशिल एकल जातीय संगठन पत्रकार संघ तथा मिडियाका प्रमुखहरु तथा आदिवासी जनजाति अगुवा सँग “आदिवासी जनजाति मुद्दा र मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
