कालिगण्डकीको पानी बुटवलका जनताले पीउन नपाउँने

Read Time:2 Minute, 45 Second

विनोद रखाली मगर

साउन १९, गल्याङ् –  कालीगण्डकी नदीको पानी डाइभर्सन गरि तिनाउ नदिमा झार्ने योजनाको विरोधमा कृष्णगण्डकी क्षेत्र विकाश समिति नवलपरासीले पाल्पा र स्याङ्जाको सगंम स्थल धार्मीक स्थल राम्दीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

विरोध कार्यक्रममा वोल्दै कालिगण्डकी एकिकृत विकाश क्षेत्रका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले सरकारको उक्त कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिए । श्रेष्ठले कालिगण्डकीको प्राकृतिक स्वरुपलाई परीवर्तन गर्दा स्याङ्जाको चापाकोट, साँखर, मालुङ्गा, पाल्पाको हुँगी, रामपुर नगरपालिका र नवलपरासीको देवघाटमा प्रतक्ष्य असर पुर्याउने दावि गर्दै उक्त कदमको चर्को विरोध गरे ।

कृष्णगण्डकी क्षेत्र विकाश समिति नवलपरासीका अध्यक्ष कुलराज चालिसेले भारतको भारतको विहारमा वार्षिक रुपमा हुने डुवान र उत्तरप्रदेशको सुख्खा समस्या समाधान गर्न वनाएको योजनालाई मुर्त रुप दिन नेपाल सरकारले कृष्णगण्डकीको पवित्र जललाई तिनाउ खोलामा मिसाएर जलको अवमुल्यन गर्न खोजेको आरोप लगाए । चालिसेले कालिगण्डकीको डाइभर्सनको असरका वारेमा स्थानिय जनतालाई सचेतना र सरकारको ध्यानाकर्षक स्वरुप कार्यक्रम आयोजना गरिएको जनाए । कार्यक्रममा माझि उत्थान संघ स्याङ्जाका अध्यक्ष सूर्य माझिले आदिवासीको जल जमिन र जङ्गलको उपभोगलाई सरकारले मिच्न खोजेको आरोप लगाउदै डाइभर्सनले माझि समुदायको पेशालाई धरापमा पार्न खोजेको वताउदै उक्त कार्य सम्पन्न हुन नदिन माझि समुदायले थप आन्दोलनको कार्य अगाडि वढाउने जानकार दिए ।

प्रभावित क्षेत्रका सयौंको सङ्ख्यामा राम्दीमा उत्रिएका समुदायले सरकारको उक्त कदमको चर्को विरोध जनाएका थिए । कार्यक्रम माझि समुदायका स्थानिय युवा युवराज माझिले सन्चालन गरेका थिए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %