शुक्रबार भित्र समस्या बुझ्न मान्छे पठाउने जानकारी
देब पचभैया
पाल्पा, श्रावण १९ -३ महिना अघि ७१ नेपालीलाई मलेशिया पठाएर अलपत्र पार्ने काठमाण्डौ बालुवाटार स्थित फ्रेन्ससिप मेन पावरका संचालन ओम जर्घा मगर सम्पर्कमा अाएका छन् ।
काम नपाएर ७१ नेपाली मलेशियामा अलपत्र भन्ने समाचार राष्ट्रिय र स्थानिय संचारमाध्यमहरुमा प्रशारण भएपछि उनले समस्या समाधानको लागी आगामी शुक्रबार भित्र कम्पनीको मान्छे मलेशिया पठाउने टेलिफोन मार्फत जानकारी दिए ।
आमाको गंगालाल अस्पतालमा मुटुको बाईपास सर्जरी भैरहेकाले आफु तत्काल मलेशिया जान नपाएको र टेलिफोन उठाउन नपाएको उनले स्पस्टिकरण दिए ।
जर्घाका अनुसार आफुले पठाएका नेपालीहरुले सेवा सुबिधाको बिषयलाई लिएर कम्पनीभित्रै आन्दोलन गरेपछि कम्पनीले १० जना लाई कारबाही गरेको र त्यसले थप समस्या निम्त्याएको पनि जानकारी दिएका छन् ।
कामदार र कम्पनीको सहमति भएअनुसार नै उनीहरुले सेवा सुबिधा पाउने भन्दै मलेशियामा रहेका स्थानिय एजेन्ट पाल्पाका दयाराम रानालाई आफुले पटक पटक फोन गरेको पनि जानकारी दिए ।
आफुले आफ्नै गाउका नातेदारहरुलाई पनि मलेशिया पठाएकाले नआत्तिन सबैलाई आग्रह गरेका छन् । जुन कम्पनीमा पठाएको हो कामदारहरु त्यही कम्पनीमै रहेको तर होस्टेल र यातायातमात्रै अरु कम्पनीले हेरेको उउनले बताए ।
गएको जेठ महिनामा मलेशिया पुगेका पाल्पाका २० सहित अन्य जिल्लाका गरी ७१ युवाहरु अलपत्र परेको त्याहा पुगेका हुगी ९ पाल्पाका खेम बहादुर पुनले जानकारी दिएका थिए । पुनका अनुसार कम्पनीलाई एक लाख ६० हजार बुझाएर मासिक ९ सय आर यम र ओभरटाईम गरी १५ सय बढी मासिक तलब हुने भनेर उनीहरु मलेशिया गएका थिए ।
अहिले कम्पनीले आफुहरुलाई सप्लाईमा पठाएकोले (कम्पनीले आफुहरुलाई अर्केकम्पनीलाई दिएको) महिनामा मुश्किलले १५ दिन पनि काम नभएको पिपलडाडा ६ पाल्पाका मन बहादुर सुनारीले टेलिफोनमा जानकारी दिए ।
अहिले मलेशियाको केलाङ्ग स्थित ईलेन्टिक कम्पनीमा काम गरेको जानकारी दिदै सुनारीले कम्पनीमा काम हुदा उसैले फोन गरेर बोलाउने नत्र होस्टेलमै बसेर दिन गुजार्नुपरेको बताए । गएको २ महिनामा १४ दिन मात्रै काम गरेको र ४ जना बस्न मिल्ने एउटा कोठामा १६ जना बस्नुपरेको उनीहरुले बताएका छन् ।
मलेशिया जानु अघि कम्पनी संग भएको सहमति अनुसार काम र पैसा नभएको उल्टै दुख मात्रै पाएकाले आफुहरु नेपाल फर्किन चाहेको उनीहरुले बताएका छन् । हामीलाई घर फर्किने प्रकृया जानकारी छैन, मनबहादुर सुनारीले भने , पैसा पनि छैन, सरकारले सहयोग गरेर घर फर्काईदिनुपर्र्यो ।
बिदेश पठाउने जर्घा पाल्पा हुगी ९ कै भएकाले अलपत्र पर्ने ७१ मध्ये २० बढी पाल्पालीहरु रहेका हुन् । अलपत्र पर्नेहरुमा पाल्पाको पिपलडाडा, हेक्लाङ्ग, दोभान, फोक्सिङ्गकोट लगाएतका गाबिसका युवाहरु रहेको खेम पुनले जानकारी दिएका छन् ।
