जीतबहादुर सारू मगरले कसरि जिते ? मोदीको मन

Read Time:9 Minute, 12 Second

‘जीतबहादुरको थप जिम्मा पनि मेरै हो’ – भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी

 

काठमाडौ, श्रावण १९ – ‘मैले तपाईको छोरालाई बडो माया गरेर हुर्काए, राम्रो कलेजमा पढाउदै छु । अब तपाईको जिम्मा लगाउन चाहन्छु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले हुर्काएका जीतबहादुर सारु मगरलाई देखाउँदै उनकी आमा खगिसरालाई सोधे ।

फोटो : कानतिपुर

 

मोदीको भनाइ टुगिन नपाउदै जीतबहादुरकी आमा खगिसराले भनिन्,  ‘मेरो  १६ वर्षअघि हराएको छोरा हजुरको घरमा भाग्यले पुगेछ । हजुरले नै पालनपोषण गर्नुभयो हुर्काउनु भयो अबपनि हजुरले नै लैजानुस्, हामी गरिबले पाल्न पनि सक्दैनौ, पढाउने उपाए पनि छैन ।’

नेपालको भ्रमणका क्रममा आफूसँगै विशेष बिमान (भारतीय वायु सेनाको जहाज) मा काठमाडौं ल्याएलगत्तै मोदीले जीतबहादुरको परिवारलाई भेटेका हुन् । जितबहादुरकी आमा खगिसराको भारत लगेर पढाउने स्वीकृति दिएपछि मोदी झन् खुशी भए । उनले जीत बहादुरतिर फर्केर नेपाली भाषामा भने, ‘तपाईको स्विकृति पाएपछि म निकै प्रफुल्लीत भए । ल म नै फेरि उसलाई लैजान्छु । जीतबहादुरको थप जिम्मा मेरो हुने छ ।’

त्यसका लागि त्यसपछि मोदीले जीतबहादुरको मनस्थिति बुझ्न चाहे । जीत बहादुरले हिन्दिमा भने ।  ‘ -मै तो सदाका लिए आप से हु रहुंगा दादाजी) म त जिन्दगीभरी हजुरसंग नै रहन्छु नि ।’ त्यसपछि मोदीले उनलाई केही दिन घरपरिवारसंग बिताएर दिल्ली आउन अह्राए ।  जीतबहादुरले मोदीको खुट्टा हातले छुदै (ढोग्दै ) भने ‘म ५, ७ दिन नवलपरासी घरमा बसेर दिल्ली र्फकन्छु ।’ 

नवलपरासीमा जन्मेका जीतबहादुरका लागि आइतबार यस्तो अविश्मरणीय दिन बन्यो, जुन दिन उनले आफूलाई जन्म दिने आमा र कर्म दिने ‘दादाजी (मोदी)’ लाई एउटै थलोमा भेटे ।

राजधानीको पाँत तारे हायत होटलमा जन्म दिने खगिसरा र कर्म दिने भारतीय प्रधानमन्त्री मोदीका साथ हुन पाउदै उनले आफूलाई निकै भाग्यमानी भएको बताए ।

दिल्लीबाट काठमाडौं उत्रन बित्तिकै भारतीय प्रधानमन्त्री मोदीले आफू बस्ने होटल हयातमा पुगेर सबभन्दा पहिले जितबहादुरका परिवारजनलाई भेटेका थिए । त्यसबेला उनले नेपालीमा बोले, ‘१६ वर्षपछि मेरो ठूलो धोका पुरा भयो ।’ त्यसपछि उनले जीतबहादुर र उनको परिवारजनसंग भलाकुसारी गरे । अनि सामूहिक तस्बीर खिचाए ।

प्रधानमन्त्री मोदी र छोरा जीतबहादुरलाई भेट्न बित्तिकै खगिसरा एकक्षण भावुक बनिन् । अनि मसिनो स्वरमा भनिन्, ‘तपाईले हुर्काएको मेरो छोराले तपाईको शिर उचो पार्ने काम गरोस् भन्ने चाहन्छु ।’ उनले मगर लवजको नेपाली भाषा सुनेरे मोदी मुस्काए । ‘जीतबहादुरले अझै धेरै पढ्छ, असल मान्छे बन्छ । यसको कुनै चिन्ता नलिनू ।’ अनि उनले जीतबहादुरका दाइका छोराछोरीलाई टाउकोमा हात राखेर आर्शिवाद दिंदै भने, ‘जीतबहादुर जस्तै पढ्नू , राम्रो मान्छे हुनू र धेरै पढ्नू ।’

जीतबहादुरलाई परिवारलाई उनले केही उपहार (लत्ताकपडा) र नगद रकम आफ्नै हातले दिएका थिए । ‘हाम्रो लागि सबभन्दा ठूलो उपहार जीतबहादुर हो,  अरु उहाले दिएको उपहार सुनसरी छ’ खगिसराले पत्रकारको जिज्ञासा मेटाउँदै भनिन् ।  नवलपरासीको कावासोतीवाट आएका जीतबहादुरकी आमा खगिशरा, दाजु  दशरथ , कान्छि बहिनी  र भितजाजतिजीहरु भारतीय दुतावासले शनिवार कावासोतीको लोकाहा स्थित सुकुम्वासी बस्तिबाट र राजधानीको बौद्धस्थित पाँच तारे हायात होटलमा ल्याएर राख्ने ब्यबस्था मिलाएको थियो । त्यसमा उद्योगपति बिनोद चौधरीका कर्मचारी रामचन्द्र धितालले सघाएका थिए । जीतबहादुरको घरपरिवार पत्ता लगाउने काम चौधरीले व्यवस्था मिलाएका थिए । जितबहादुरलाई भेटेलगत्तै मोदीले चौधरी दम्पत्तिलाई पनि त्यही स्थानमा भेटे ।

‘तपाईले जीतबहादुरको परिवार पत्ता लगाउन ठूलो सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद’ मोदीले भने । त्यसपछि चौधरीले जवाफ फर्काए, ‘तपाईको अनुरोध मैले पुरा गर्न पाएकोमा म भाग्यमानी छु ।’

मोदीले व्यस्त समयबीच जितबहादुरका परिवारलाई १८ मिनेट समय दिएका थिए ।  उनले जीतबहादुरलाई एक्लै कोठामा लगेर केहिबेर गफिएपछि बाहिर निस्किएका थिए ।

जीत बहादुर आइतवार नै परिवारसहित जिपमा घर फर्किएका छन् । उनले आफनो कलेजमा २ महिना छुट्टि भएकाले र साउन ३० गते दिल्ली फर्किने कान्तिपुरलाई जानकारी दिए । जीतबहादुरलाई नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको छ ।

‘भविष्यको योजना के छ ?’ भनेर सोदिएको प्रश्नमा जीतबहादुले भने, ‘राजनीतिमा आउने इच्छा नरहेको र दादाजीले -मोदी) जे भन्नुहुन्छ त्यहि गर्ने छु’  उनले आफ्नो सबै रेखदेख मोदीकै निर्देशन अनुसार हुने सुनाए । १६ वर्षअघि आफनो दाजुसंग दिल्लीको कोठीमा काम गर्न लगिएका जितबहादुर त्यहावाट त्यतिबेलै भागेर रेलमा चढेपछि संयोगले अहमदाबाद पुगेका थिए । मोदीको घरमा पुगेको तेश्रेा दिनमै मोदीले स्कूल भर्ना गरिदिएको सनाए । मोदीको मायामा हुर्किएका जितबहादुर उनी गुजरातको मुख्यमन्त्री हुदा पनि संगै बस्थे । हाल उनी गुजरातको संस्कारधामस्थित राइ विश्वविद्यालयको छात्रावासमा बसेर बीबीए तेस्रो वर्षमा पढ्दैछन् ।

मोदी प्रधानमन्त्री भएपछि दिल्ली गएपछि उनलाई निवासबाट छात्रवासमा सारिएको थियो । प्रधानमन्त्री भैसकेपछि मोदीको नेपाल भ्रमण तय भएपछि जीतबहादुर शुक्रबार दिल्ली गई मोदीसंगै बसेका थिए ।

भारतीय संचारमाध्यामले जितबहादुरलाई मोदीको ‘धर्मपुत्र’ भनेका छन् । यो सुनेर आफू आश्चर्यमा परेको उनले सुनाए । ‘धर्मपुत्र के हो भन्ने कुनै थाहा छैन ।’  कलेजमा पनि साथीहरुले मोदीसंग हुर्केको जानकारी पाएपछि भेट्न भिड लाग्ने गरेको बताए ।  

उनले आफु सानो उमेरमा मोदीसंग बस्दा  घरेलु कामदारको रुपमा कहिल्यै काम नगरेको संझिए । ‘दादाजीले मलाई परिवार सदस्य ठानेर अतिमाया गर्नुहुन्छ ।’ उनले घोडा चढ्ने  रेश्लिङ र क्रिकेटप्रति रुची भएको बताए । उनले आवश्यक खर्चपानी मोदीमार्फन् उनका कर्मचारीले व्यवस्था गरेको सुनाए ।

जीतबहादुरको परिवार सुकुम्बासी 

२०५४ साल अघि नवलपरासीको देउराली गाबिसमा बस्दै आएका जितबहादुरका बाबु बितेपछि ५५ सालमा कावासोतीको लोकाहाको सुकुम्बासी बस्तिमा बसाई सरेका हुन ।

सुकुम्बासीबस्तिमा उनको  ब्लक र टिन लगाएको सानो घर छ । उनका दाजु दशरथ शिकर्मी हुन । घरमा सानो किराना पसल छ ।  यस अघि उनी २ पटक घर आएका थिए , आजको कान्तिपुरको मुख्य समचारमा समचार  छापिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %