कमल थापाको अनुनय बिनय पछि मोदीले भेट दिए

Read Time:2 Minute, 46 Second

भारतीय बिदेश मन्त्रि शुस्मा स्वराजले नेपालको भ्रमण गर्दा हिन्दु राष्ट्र, राजतन्त्रको बारेमा कुनै बहश नहुने, मन्त्रि हुँदा धर्मनिर्पक्ष राष्ट्रको नाममा सफथ लिएको भने पछि थापा पछि हटेका थिए ।

 

काठमाडौं, साउन १९ -राप्रपा नेपालले जोडबल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्ष कमल थापालाई अन्नतः भेटेका छन् । थापालाई भेट्न अचानक मोदीले आफ्नो कार्यतालिकाको सूचीमा समय मिलाएका हुन।

उनले आज अपरान्ह ४ बजे हायात होटलमा थापालाई भेटेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । नेपाल भ्रमणमा रहेका मोदीसँग भेट्न सरकारका प्रवक्ता मिनेन्द्र रिजालसँग राप्रपा नेपाललेआग्रह गरेको र उनले भारतीय दूतावाससँग समन्वय गरेर समय मिलाइएको हो ।

मोदीसँगको भेटमा राप्रपा नेपालले उठाउँदै आएको हिन्दु राष्ट्रका विषयमा कुनै छलफल नभएको बताए । गत हप्ता भारतीय बिदेश मन्त्रि शुस्मा स्वराजले नेपालको भ्रमण गर्दा हिन्दु राष्ट्र, राजतन्त्रको बारेमा कुनै बहश नहुने, मन्त्रि हुँदा धर्मनिर्पक्ष राष्ट्रको नाममा सफथ लिएको भने पछि थापा पछि हटेका थिए । साथै मोदी संग यी बारे कुरा नगर्ने थापाले बिभिन्न संचार माध्यामहरूमा  बताउदै आएका थिए ।

भेटमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति, संविधान निमार्णका विषयमा छलफल भएको उनले जानकारी दिए । कांग्रेस, एमाले र एमाओवादीले आफूहरुलाई निषेध गरेको भन्दै थापाले मोदीसँग भेट गर्ने वातावरण बनाइदिन सरकारसँग अनुनय बिनय गरेका पछि उनलाइ मोदीले ५ मिनेट भेट्ने समय दिएका थिए । थापा  राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै भारत संग गुहार्रदै आइरहेका छन् ।

आइतबार संसद बैठकलाई सम्बोधन गर्दै मोदीले नेपालाई संघिय लोकतात्रिक गणतन्त्र भनेपछि थापा हच्किए र थचच्क बसेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %