विनोद रखाली मगर/गल्याङ्
स्याँजा , साउन १८ – वुटवल स्थित कालिकानगरमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका १७ वर्षका कलिला युवक स्व. मनोज राना मगरको स्मृतीमा गठित स्व. मनोज राना मगर स्मृति प्रतिष्ठानको प्रथम साधारणसभाले उनका वुवा मुक्तिश्वर राना मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा गिरधारी भण्डारी , सचिवमा छविलाल भुषाल , सहसचिवमा विनोद राना मगर , कोषाध्यक्षमा राम वहादुर थापा मगर निर्वाचित भएका हुन् । सदस्यहरुमा धनमाया वि.क. , कृष्णामाया राना मगर , योगमाया पाण्डे , डोल वहादुर थापा मगर , खुमानन्द पाण्डे , लगाएत रहेका छन् । समितिको लेखा तथा मुल्याङ्कन समितिको सयोंजकमा दान वहादुर थापा मगर , सदस्यहरुमा दुर्गा सिरश मगर , विनोद रखाली मगर रहेको ३ सदस्यीय समिति निमार्ण भएको छ ।
यस्तै समाजसेवि कोमलनाथ शर्माको सयोंजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति निमार्ण गरीएको छ । स्व.मनोज राना मगरका वुवा मुक्तिश्वर राना मगरको सयोंजकत्वमा ७ सदस्यीय संरक्षक समिति निमार्ण गरिएको छ । महिला समिति तर्फ कृष्णामाया राना मगरको सयोंजकत्वमा ७ सदस्यीय महिला समिति निमार्ण भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै वुटवल टेक्निकल इन्टिच्यूटका प्रमुख प्रशिक्षक चन्द्र वहादुर क्षेत्रिले स्व. मनोज राना मगरको विद्यार्थीकालिन अवस्थाको वारेमा चर्चा गर्दै वुटवल टेक्निकल कलेजको तर्फदेखि रु.१ लाखको चेक मनोजका वुवा तथा प्रतिष्ठानका अध्यक्ष मुक्तिश्वर राना मगरलाई हस्तान्तरण गरेका थिए ।
उद्धघाटन कार्यक्रममा मुक्ति समाज नेपालका केन्द्रिय सदस्य धन कुमारी वि.क. , जनमुक्ति पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष पदम गाहा मगर , राष्ट्रिय जनमोर्चाका लाल वहादुर राना मगर , महेन्द्र प्रा.वि पेलाकोटका प्र.अ. दान वहादुर थापा मगर , गल्याङ् भू.पू. सैनिक मा.विका अध्यक्ष सु.चन्द्र वहादुर रखाली मगर , भानुभक्त आचार्य उमाविका अध्यक्ष कृष्णमोहन भुसाल , मगर संघ स्याङ्जा जिल्ला सदस्य कृष्णामाया राना मगर लगाएतले वोलेका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष राम वहादुर थापा मगरले करिव २ लाख वरावरको आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिष्ठानका अध्यक्ष मुक्तिश्वर राना मगरले प्रतिष्ठानले आगामि दिनमा प्राविधिक शिक्षाको क्षेत्रमा विशेष भुमिका खेल्ने वताउदै गरिव , दलित, जनजाति तथा पछाडि परेका समुदायका वालवालिकाहरुको अध्ययनमा छात्रवृति प्रदान गर्ने उद्धघोष गरेका थिए । विनोद राना मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन छविलाल भुषालले गरेका थिए ।
वङ्गुर पालन सस्थां तल्लो गल्याङ्को सभाहल मा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मुक्तिश्वर राना मगरले गरेका थिए
