भकुण्डेमा सकियो मगर महिला उद्धघोषण तालिम

Read Time:4 Minute, 56 Second

महिलाले समाजको नेतृत्व गर्ने थापाको भनाई ।

विनोद रखाली मगर
  साउन १३, वालिङ –नेपाल मगर महिला संघ भकुण्डे इकाई समितिको आयोजनामा ५ दिने उद्धघोषण तथा महिला शसक्तिकरण तालिम वालिङ्मा सम्पन्न भएको छ । तालिमको समापन गर्दै नेपाल मगर महिला संघ स्याङ्जा जिल्ला अध्यक्ष खगिसरा थापा मगरले मगर महिलाहरुमा तालिमले समाजको नेतृत्व गर्नमा महत्वपूर्ण योगदान पुर्याएको उद्धघोष गर्दै तालिममा सिकेका विभिन्न पक्षलाई व्यवहारमा उतार्न आग्रह गरिन् । समापन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल मगर संघ वालिङ् नगर समितिका अध्यक्ष क्या. डिल वहादुर थापा मगरले वोल्ने कला र नेतृत्व विकाश तालिम मगर महिलामा मात्र सिमित नराखी पुरुष समुदायमा पनि अति आवश्यक रहेको चर्चा गर्दै प्रशिक्षार्थी महिलाहरुलाई सभ्य समाज निमार्णमा योगदानको अपेक्षा राख्दै पछी नहट्न आग्रह गरे । ५ दिने तालिमका प्रमुख प्रशिक्षक तथा लामो समय देखि छापा तथा विद्युतिय सन्चार माध्यममा कार्यरत सन्चारकर्मी विनोद रखाली मगरले असम्भव भन्ने शव्द लाई हटाई इच्छाशक्तिको विकाश गरी समाजको अगाडि वोल्न तालिमले योगदान पुरयाएको चर्चा गरे । हार देखी पछि नहट्न आग्रह गर्दै रखाली मगरले महिलाहरुले नै समग्र मगर जाति लगाएत समुदायकै उत्थानमा पहिलो हात रहने वताउदै आफुमाथि वलियो विश्वाश गरी समाजमा नेतृत्वदायी भुमिका निवार्ह गर्न सक्ने महिलाहरु उत्पादन हुनेमा आशा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ वालिङ् नगर सचिव क्या. विश्वप्रकाश थापा मगर, मगर युवा संघ वालिङ् नगर अध्यक्ष धन वहादुर थापा मगर, प्रशिक्षक जि.वी राना मगर, समाजसेवि क्या. जग वहादुर राना मगर ,समाजसेवि भिम वहादुर मिधुन मगर , माथिल्लो वालिङ् मगर महिला संघका अध्यक्ष कृष्णा थापा मगर, मिर्दि मगर महिला संघका अध्यक्ष शोभा थापा मगर , तल्लो वालिङ् मगर महिला संघका अध्यक्ष नमु थापा मगर , भुम्रे मगर महिला संघका अध्यक्ष जुना थापा मगर लगाएतले तालिममा सिकेका कुरालाई व्यवहारिक रुप दिन आग्रह गरेका थिए ।
तालिम अवधिभर भए गरेका कक्षाहरुको जानकारी गराउदै प्रशिक्षार्थी हिरा थापा मगरले प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । आफुले तालिम पूर्व, तालिम अवधिभर र तालिम पश्चातको अवस्थालाई केन्द्रीत गर्दै प्रशिक्षार्थी सुमित्रा थापा मगर , मन्जु थापा मगर , गौमति पल्ली मगर , सावित्रा आले मगर , खिना राना मगर लगाएतले अनुभव मन्तव्य राख्दै तालिम निकै उपयोगी रहेको र जिवनमै अति आवश्यक भएको ठहर गरेका थिए । नेपाल मगर संघ वालिङ्को सभाहलमा सम्पन्न तालिममा उद्धघोषण, नेतृत्व विकाश तथा मगर महिला शसक्तिकरण सम्वन्धि प्रमुख प्रशिक्षकमा लामो समय देखि छापा तथा विद्युतिय सन्चार माध्यममा कार्यरत युवा सन्चारकर्मी विनोद रखाली मगर तथा सन्चारकर्मी जि.वि. राना मगरले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षकद्धय लाई मायाको चिनोद्धारा सम्मान समेत गरीएको थियो । साथै सहभागि मगर महिलाहरुलाई प्रमुख अतिथिद्धारा प्रमाणपत्र वितरण गरिएको थियो । मगर महिला संघ भकुण्डेका उपाध्यक्ष विष्णु थापा मगरको स्वागत सगैं सुरु भएको कार्यक्रम खिम कुमारी थापा मगरको सन्चालन र समितिका अध्यक्ष देवि थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । ३० जना मगर महिलाहरु सहभागि रहेको तालिमसाउन ८ गते देखि सुरु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %