स्वराजले साथ दिएनन् अतिहिन्दुवादी नेताहरू लाइ

Read Time:3 Minute, 2 Second

आङ्काजी शेर्पा

काठमाडौं ,११ साउन – नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्दै आएका व्यक्तिहरुलाई मोदी सरकारले निराश बनाउने संकेत गरेको छ ।

  

भारतीय विदेशमन्त्री सुषमा स्वराजको उपस्थितिमा आयोजित पार्टीमा हिन्दुराष्ट्रको माग गर्न कमल थापालाई पनि निम्त्याइएको थियो । राष्ट्रवादको वकालत गर्दै आएका नेता थापाले धर्म निरपेक्षताका कारण नेपालको राष्ट्रिय पहिचानमा खतरा आएको स्वराजलाई बताएका थिए ।

यसैवीच शनिबारै नेपाल-भारत मैत्री संघद्वारा आयोजित कार्यक्रममा नेपाल हिन्दू राष्ट्र बन्नुपर्छ र भारतलाई पनि हिन्दु राष्ट्र घोषणा गरिनुपर्छ भन्ने माग गर्दा स्वराजले वीचैमा रोकेर जवाफ फर्काएकी थिइन् । आफूले धर्मनिरपेक्ष राष्ट्र भारतको संविधानअनुरुप सपथ खाएर भारतको प्रतिनिधित्व गरेको हुनाले हिन्दुराष्ट्रको माग स्वीकार्य नभएको स्वराजले कमल थापा एन्ड ग्याङ लाइ बताएकी थिइन् ।

भारतले संघीयता, धर्म निरपेक्षता लगायतका विषयमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएको सन्देश दिन स्वराज सफल भएकी छन् ।

नेपाललाई हिन्दु राज्य बनाउन राजाबादी कमल थापा, कांग्रेस र एमालेका केहि नेताहरूले राखेको प्रस्तावलाई भारतले कुनै पनि हालतमा नस्विकारने स्पष्टोक्ती नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री सुषमा स्वराजले हिजो रात्री भोजमा बताएकि हुन् ।

रिसले चुर र खिन्न भएका कमल थापा लगायत अतिहिन्दुवादी एमाले र कांग्रेसका नेताहरुले यो प्रस्ताव सिधै नरेन्द्र मोदीकोमा लाने धाक देखाएको समचार श्रोतको दावी छ । तर मोदीले पनि यो बिषयमा अतिहिन्दुबादीको कुरै नसुन्ने श्रोत बताउँछ । प्रम शुसिल कोइराला अमेरिकाको उपचार पछि स्वदेश फर्के लगतै काङ्ग्रेसको आगामी बैठकमा नेपालमा राज्तन्त्र,हिन्दु राष्ट्र घोषणा , लगाएत बिषयमा बैठकमा प्रश्ताव लाने खुमबहादुर खड्का लगायतका नेताहरूको  विदेश मन्त्री सुषमा स्वराजको यो अभिब्याक्तिले सातो उडेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %