आमा मिलन केन्द्र बुटवको प्रथम स्थापना दिवस

Read Time:2 Minute, 30 Second

दिल थापा 

बुटवल , सुशासन परियोजनाको सहयोगमा स्थापित आमा मिलन केन्द्र बुटवल ४ ले बुटवलनगर पालिका वडा न. ४ को भवनको हलमा एक कार्यक्रम आयोजना गरि विहिबार आफ्नो प्रथम स्थापना दिवस भव्यताको साथ मनाएको छ ।

 
कार्यक्रममा प्रमुख अतिथी बुनपा वडा नं. ४ का सचिव राजकुमार श्रेष्ठद्धारा वृक्षरोपण गरि उद्धाटन गरिएको कार्यक्रमको अध्यक्षता आमा मिलन केन्द्रका अध्यक्ष गंगा घिमिरेले गरेका थिए । उपाध्यक्ष धना लामाको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुशासन परियोजनाको बुटवल नगर संयोजक महोन थापा, वडा नं. ४ का टोल विकास संमन्य समितिका सचिव महेश पेखरेल , नेकपा एमालेका वडा अध्यक्ष टिकाराम शर्मा लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित वत्ताहरुले आमा मिलन केन्द्रले स्थापना भएको छोटो समयमा समाजसेवामा उल्लेखनीय काम गरेको तथा आगामी दिनमा अन्य रचनात्मक काम गर्ने शुभकामना व्यक्त गरेका थिए । आमा मिलन केन्द्रले विशेष गरेर ग्रामिण क्षेत्रमा विभिन्न महिला अधिकार सम्बन्धी तालिम, घरेलु हिसां सम्बन्धी जनचेतनात्मक कार्यक्रम तथा समाजमा घटेका विभिन्न समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम, महिला नेतृत्व विकास कार्यक्रम लगायत अन्य कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आमा मिलन केन्द्रले महिला घरेलु हिसां सम्बन्धी हक अधिकारको लागि स्थानिय निकायमा महिलाको आवाज पुर्याउने गरेका छ ।

 
त्यस्तै बुटवल नगर पालिकाको वरिष्ठ अधिकृत भुवा प्रसाद लुइटेल, शाखा अधिकृत दामोदर ज्ञवाली को विशेष उपस्थिती रहेको थियो । कार्यक्रम संचालन आमा मिलन केन्द्रको सचिव सावित्री पन्थीले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %