देब पचभैया
पाल्पा, श्रावण ८ – एमाले निकट पत्रकारहरुको सस्था प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भगवान भण्डारीले पत्रकारहरुलाई पार्टीको दास र नोक्कर नबनाउन आग्रह गरे ।
एमालेको नवौ महाधिबेशन बाट केन्द्रिय सदस्यमा निर्बाचित पाल्पाका ठाकुर गैरे, सोम प्रसाद पाण्डे र दल बहादुर रानालाई सम्मान गर्न प्रेस चौतारी पाल्पाले बिहिबार तानसेनमा आयोजना गरिएको कार्यक्रममा भण्डारीले चौतारीलाई पार्टीको निकट र सहयोगी सस्थाको रुपमा मात्रै हेर्न आग्रह गर्दे भातृसस्था नबनाउन आग्रह गरेका हुन ।
पत्रकारलाई पार्टी र नेताका गलत ब्यवहारको आलोचना गर्ने ठाउँ दिनुपर्ने भन्दै पार्टीकै महाधिबेशनमा चौतारीलाई टिकट दिएर पत्रकारलाई हस्तक्षेप गरेको उनको आरोप छ ।
चुनाबको बेला संचार सस्था र पार्टी निकटका पत्रकारहरुलाई खुब प्रयोग गर्ने तर निर्बाचन पछि संचार सस्था र पत्रकारहरु कसरी चलेको छन् भन्ने हेक्का नराख्ने नेताहरुको बानी सुधार गर्न एमाले केन्द्रिय सदस्यहरुलाई आग्रह गरे ।
नवनिर्बाचित एमाले केन्द्रिय सदस्य सोम प्रसाद पाण्डे र ठाकुर गैरेले पार्टीमा देखिएको दुई लाइनलाई महाधिबेशनले एक गराएको दाबी गरे ।
केन्द्रिय सदस्य गैरेले भारत संग हुन लागेको जलउपयोगी सम्झौतामा नेपाल उपयोगी नभए पार्टीले त्यसलाई अस्वीकार गर्ने बताए । जनअपेक्षा अनुसार समयमै संबिधान निर्माणमा आफुहरु लागेको भन्दै पाल्पा क्षेत्र नम्बर २ का सभासद समेत रहेका सोम प्रसाद पाण्डेले पत्रकार श्रम एैन र संचार नितिका कुरालाई जोड दिएर अघि बढ्ने बताए ।
