गल्याङ्का मगर महिलाहरुले सिके वोल्ने कला

Read Time:3 Minute, 33 Second

वालिङ्मा साउन ८ गते देखि ५ दिने उद्धघोषण तालिम सन्चालन  गरिने ।

विनोद रखाली मगर

स्याङ्जा, साउन ७, गल्याङ् नेपाल मगर महिला संघ जगत्रदेवि – ८ , तल्लो गल्याङ्को आयोजनामा सन्चालित ३ दिने उद्धघोषण, नेतृत्व विकाश तथा व्यक्तित्व तालिम वुधवार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा वोल्दै नेपाल मगर संघ जिल्ला समिति स्याङ्जाका सदस्य कृष्णमाया राना मगरले तालिम निकै उपयोगी रहेकाले तालिममा सिकेका कुरा लाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरीन् । राना मगरले मगर महिलाहरु सधैं मनोरन्जनमा मात्र अगाडी सर्ने हुदाँ समाजको नेतृत्व गर्न अवशरलाई सदुपयोग गरी समग्र समाजको उत्थानमा लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल मगर महिला संघ गल्याङ् इकाई समितिका अध्यक्ष जिवन्त कुमारी थापा मगरले वोल्नु मात्र ठुलो कुरा नभई वोल्ने शैलिको विकाश आवश्यक रहेकोमा जोड दिइन् । प्रशिक्षार्थी पुष्पा थापा मगरले महिलाहरु पनि पुरुष सरह समाजको नेतृत्व गर्न सक्ने हुनाले आगामि दिनमा पछाडी नहटी अगाडि वढ्न तालिमले कोशे ढुङ्गाको काम गरेको जिकीर गरीन् । तालिममा वोल्ने अधिकांश प्रशिक्षार्थीहरुले समाजमा साथिहरु संग वोल्नु र समुहको अगाडि वोल्नुमा धेरै फरक हुने महशुस गर्दै वोल्ने शैलिले जिवनमा परीवर्तन ल्याउन मद्धत पुर्याउन सहयोग खेल्नेमा आषा व्यक्त गरेका थिए ।

तल्लो गल्याङ्का करीव २० जना मगर महिलाहरुको सहभागिता रहेको तालिममा विभिन्न छापा तथा विद्युतिय सन्चार माध्यममा लामो समय देखि कार्यरत युवा सन्चारकर्मी तथा विनोद रखाली मगरले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा वोल्दै प्रशिक्षक रखाली मगरले वोल्ने कलाले नेतृत्व, व्यक्तित्व विकाशमा निरन्तर सहयोग पुग्ने जनाउदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न र अवशरलाई चुम्न आग्रह गरेका थिए । कार्यक्रम जनकल्याण आमा समुह तल्लो गल्याङ्का अध्यक्ष छिमीसरा गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यता स्याङ्जाको वालिङ्मा क्याम्पस रोड मगर महिला संघको आयोजनामा साउन ८ गते देखि ५ दिने उद्धघोषण, नेतृत्व विकाश तथा व्यक्तित्व विकाश तालिम सन्चालन गर्ने भएको छ । तालिममा सन्चारकर्मी विनोद रखाली मगर र जि.वी राना मगरले प्रशिक्षण प्रदान गर्ने नेपाल मगर महिला संघ क्याम्पस रोड मगर महिला संघले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %