दिल प्रसाद थापा बुटवल
बुटवल नगर पालिकाले आर्थिक वर्ष ०७०/७२ बजेटमा महिला, बालबालिका तथा आदिवासी जनजाती दलित, अपाङ्ग, मुश्लीम तथा अन्य पिछडा वर्गको लागि छुट्टाइएको बजेट अन्य विकास निर्माणको लागि विनियोजन गरेको देखिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्गर्तत स्थानीय निकाय वित्तिय आयोगले गरेको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मुल्यांकनमा बुटवल नगरपालिका लगातार दोश्रो पटक प्रथम भएको खबर ताजा नै छ । स्थानीय निकायहरुको काम र कार्य सम्पादनका आधारमा हरेक वर्ष स्थानीय निकाय वित्तिय आयोगले मूल्यांकन गरी पुरस्कृत गर्ने गर्दछ । सोहि अनुरुप आथिर्क वर्ष ०६९र७० मा देशभरका ५८ वटा नगरपालिका मध्ये ८८ अंकका साथ बुटवल नगरपालिका सवैभन्दा उत्कृष्ट हुन सफल भएको हो । लगातार दुइ वर्ष २०६९/७० र २०७०/७१ सम्म उत्कृष्ट हुन सफल भएकोमा यहाका जनताका हैासला थपिएको छ । यहाका जनता तथा ग्राहकहरु दिन प्रति दिन झनै चेतनशिल तथा नगरपालिका तर्फ झनै उत्तरदायि हुदै गएका छन । जनता स्वयम उत्तरदायित्व हुनु भनेको अझै नगरपालिकाको काममा हस्तेमा हैसे गर्दै नगर विकासको लागि सजिलो बाटो खोल्ने हो । अब आउने दिनका नगरपालिकाले सबल आर्थिक केन्द्र, समुन्नत बुटवल भन्ने देष्टिकोणका साथ अगाडी बड्ने लक्ष्य लिएको छ ।
उत्कृष्ट नगरपालिका भएकोमा यहाका जनताहरु खुसी त हुने नै भए तर अर्को पाटो यहा रहेका अधिकाश आदिवासी जनजाति दलित, अपाङ्ग, महिला, बालबालिका पिछडा वर्गको विकासको लागि भने यो वर्ष सन्तोषजनक बजेट परेको देखिदैन । परेको बजेट पनि पचास प्रतिशत भन्दा बढी बजेट भौतिक तथा सडक निमार्णमा प्रयोग गरिएको देखिन्छ । सडक तथा भौतिक निर्माणको लागि यस्ता कार्यक्रम पुर्वाधार विकासको सडक तथा यातायातको शिर्षकमा खर्च गर्नु पर्ने हुन्छ ।
बुटवल नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ को लागि कुल चालिस करोड अन्ठानब्बे लाख तिन हजार छ सय पचास ४०९८०३६५०. रुपैया बजेट विनियोजन गरेको छ । जस न्तरगत प्रशासनिक खर्चको लागि दश करोड अढचालिस लाख तिहत्तर हजार रुपैया १०४८७३००० भनेको कुल खर्चको २५.५ % प्रशासन खर्च हुन्छ ।
फिर्ता खर्च र सम्पुरक कोषहरुको लागि एक्काइस करोड एक्काउन्न लाख पचासी हजार रुपैया २१५१८५०००. मा ५२.५०% हुन्छ । पुर्वधार विकास योजना तथा र्यक्रमहरुको लागि तिन करोड बाउन्न लाख ३५२०००००. छुट्टाएको छ यसमा ८.६% प्रतिशत हुन आउछ । त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रमको लागि दुई करोड तिस लाख बत्तिस हजार छ सय पचास २३०३२६५०. छुट्टाएको छ जसमा ५.६ % हुन आउछ । महिला लक्षित कार्यक्रमको लागि नब्बे लाख दश हजार ९०१००००. मा २.१ % बालबालिकाको लागि नब्बे लाख दश हजार रुपैया ९०१००००. २.१ % दलित आदिवासी जनजाती जेष्ठ नागरिक अपाङ्ग, मधेसी , मुस्लिम तथा पिछडा वर्गको लागि एक करोड चौतिस लाख नब्बे हजार रुपैया १३४९०००० रुपैया छुट्टाएकोमा ३.२ % छुट्टाएको देखिन्छ ।
यहा कुल बजेटको लक्षित समुहको लागि छुट्टाइएको बजेट जम्मा ७.६ प्रतिशत छुट्टाएको छ । महिला लक्षित कार्यक्रमको लागि छुट्टाएको भौतिक पुवाधार शिर्षकमा सढचालिस लाख पचहत्तर हजार रुपैया ४७७५००० छुट्टाएकोमा जम्मा सोह्र लाख मात्र १६००००० रुपैया महिला भवन, महिला मैत्री शौचालय , आमा समुह भवन जस्ता भौतिक पुवाधारको लागि छुट्टिएको छ भने अन्य खर्च महिला संग सम्बन्धी नरहेको भौतिक पुर्वाधारहरु जस्तो वडा कार्यलयका शौचालयको निर्माण,सडक निमार्ण मा खर्च गरि आलटाल गर्ने काम मात्र भएको देखिन्छ । त्यस्तै बालबालिका लक्षित कार्यक्रम अन्तरगर्त भौतिक निमार्णको लागि छुट्टाएको बजेट पैतालिस लाख पचास हजारमा बिस लाख रुपैया सामुदायिक विद्यालयको लागि छात्रा मैत्री शौचालय, बाल विकास केन्द्र भवन मर्मत , पुस्तकालय, खेल मैदान जस्ता कार्यक्रममा छुट्टाएको छ भने नगर पालिकाले बालबालिका संग सम्बन्ध नरहेको योजना जस्तै नाली निर्माण, चौपारी मर्मत विभिन्न बाटो निर्माण, ग्राभेल कार्य जस्ता जनामा खर्च छुट्टाएको छ । अन्य लक्षित समुह दलित आदिवासी जनजाती, जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति, मुस्लिम तथा पिछडा वर्गको लागि छुट्टाएको कुल बजेटमा भौतिक पुर्वाधारको शिर्षकमा छ्यानब्बे लाख पचास हजार रुपैयामा जम्मा अठार लाख रुपैया खास लक्षित समुदायको लागि मात्र परेको छ । जसमा नेत्रहिन संघ आश्रम निर्माण, नेपाल छन्त्याल संघ मैदान तारवार, सामुदायिक भवन, प्रौढ समाज स्ताकलय निर्माण आदिवासी जनजाती भवन निर्माण, नेवा पुच भवन निर्माण जस्ता योजनामा परेका छन भने अन्य लक्षित समुदाय संग सम्बन्धीन नरहेको बजेट का कार्यक्रम पार्क निर्माण, नाली निर्माण, बाटो पिच, सडक निमार्ण कल्भर्ट निर्माणमा बजेट नगरपालिकाले छुट्टाएको छ । यसरी हेर्दा लक्षित समुदायको विकासको लागि छुट्टाएको बजेट भौतिक शिर्षकमा अन्य काममा बिजेट विनियोजन गरि बजेट दुरपयोग भएको खिन्छ ।
यस पालिको बजेट बुटवल नगरपालिकाले विशेष लक्षित समुदायको लागि भन्दा पनि अन्य पुर्वाधार विकासका योजनामा खर्च गर्ने देखिएका छ । देश अहिलेको रिस्थितीमा आउदा हरेक क्षेत्रमा लक्षित समुदाय अपाङ्ग , महिला , दलित , आदिवासी जनजाती मुस्लिम, जेष्ठ नाा
गरिक तथा पिछडा वर्गको विकासको लागि समान अवसर दिनु पर्ने ल्लेख छ भने बुटवल नगर पलिकाले भने लक्षित समुदायको विकासको लागि भने बजेट विनियोजनमा कन्जुसाइ गरेको देखिन्छ ।
लक्षित समुदायको बजेट अन्य शिर्षकमा
Read Time:8 Minute, 8 Second
