पोखियो रक्सी !

Read Time:1 Minute, 19 Second

देब पचभैया

पाल्पा, श्रावण ४ – पाल्पाका बिभिन्न स्थानबाट बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पामा आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गरी ७ सय लिटर बढी  मदिरा नष्ट गरीएको हो । जिल्लाका राम्दी, केरावारी, मुझुङ्ग, हार्थोक लगाएतका क्षेत्रबाट बरामद गरिएको मदिरा नष्ट गरीएको हो । अनुमति बिना उत्पादन गरिएका घरेलु मदिराले मानब स्वास्थ्यलाई नकारात्मक असर पर्ने र यसले घरेलु हिंसा बढाएको भन्दै प्रहरीले अबैध मदिरा बिरुद्ध बिषेश अभियान संचालन गरीरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्ण सापकोटाले जानकारी दिए ।

मदिरा नियन्त्रणको लागी प्रहरीले बिशेष अभियान चलाएपनि मदिरा उत्पादन, सेवन र बिक्रिबितरणमा भने कमी आएको छैन । हप्तै पिच्चे मदिरा बरामद र नष्ट भैरहेपनि समस्या घटेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %