दीपा आले
काठमाडौ श्रावण ४-
नेपाल मगर संघ केन्द्रिय समितिले आफ्नै कार्यालयमा युकेका महासचिव बोम सूर्यवंशीमगरलाई एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले महासविच सूर्यवंशीलाई खादा ओढाएर सम्मान गरेको हो । साथै युके मगर संगका सल्लाहकार कृष्णबहादुर आलेमगरलाई पनि कार्यक्रमममा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि युके मगर संघका महसचिव बोम सूर्यवंशीले नेपालमा रहेका मगर समुदायलाई आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन् । महसचिव सूर्यवंशीले युकेमा १ वर्ष भित्र मगर संघकै आफ्नै हल निर्माण हुन लागि रहेको बताउंदै नेपालमा क्रियाशील मगर संघ र मगर संघका भातृ संगठनलाई सधै साथ र सहयोग गर्ने बताए । विदेशी भूमि कर्म थलो भएतापनि आफ्नो समुदायको हकहितकोलागि मगर संघ युके तत्पर रहने जानकारी गराए । सोही स्वागत तथा परिचय कार्यक्रममा युके मगर संघले मास्टर मित्रसेन प्रतिष्ठानलाई कोषस्थापनार्थ गर्नकोलागि मगर संघका अध्यक्षलाई १ लाख हस्तारण गरी अध्यक्ष थापाले प्रष्ठिानका अध्यक्ष त्रिलोकसिंह थापामगरलाई हस्तारण गरेका थिए ।
कार्यक्रममा बोल्दै युके मगर संघका सल्लाहकार कृष्ण कुमार आलेमगरले विदेशमा रहेर पनि आफ्नो समुदायको उत्थानकोलागि एक एक पसिनाको कमाई छुटाएर पठाएको बताएका थिए । सल्लाहकार आलेमगरले मगर समुदायको हकहितकोलागि हामी सधैं लागि पर्ने बताउंदै युवा वर्गहरु आफ्नो संस्कृति संस्कार भाषा धर्मलाई जोगाउन एक जुट हुनु पर्ने बताएका थिए ।
स्वागत तथा परिचय कार्यक्रममा मगर संघका भातृ संगठनहरु नेपाल मगर महिला संघ अध्यक्ष गंगा खासुमगर, नेपाल मगर विद्यार्थी संघ अध्यक्ष दिपा आलेमगर, मगर सांस्कृतिक संघका बरिष्ठ लोक गायक खड्क बुढामगर लगायतले पनि सामुहिक सम्मान गर्नुका साथै आ आफ्ना मन्तब्य पनि राखेका थिए । संघका उपाध्यक्ष गंगा थापामगरले स्वागत मन्तब्य राखेका थिए भने सचिव ज्ञानेन्द्र पुन मगरले कार्यक्रम संञ्चालन गरेका थिए ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले महासविच सूर्यवंशीलाई खादा ओढाएर सम्मान
Read Time:3 Minute, 4 Second
