गोविन्द घर्ति
देवदह असार ३ – उच्च शिक्षा विना समाज परिवर्तन गर्न नसकिने हुदा शिक्षा तर्फ ध्यान दिनुपर्ने बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले शैक्षिक जनशक्तिलाइ वैदेशिक पलायन हुन बाट रोक्न राज्यले रोजगारको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ तथा नेपाल मगर विद्यार्थी संघ रुपन्देहीद्धारा २०७० सालको प्रवेशिका परिक्षामा विशिष्ट श्रेणीमा उतिर्ण भएका मगर विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मगरहरु राजनैतिक रुपमा सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ रुपन्देहीका जिल्ला सदस्य पुर्णबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुवास पन्थ, संघका जिल्ला अध्यक्ष दल बहादुर वीरकट्टा, विद्यार्थी संघका केन्द्रीय सदस्य दिपक गरौजा, संघका सल्लाहकार खेम पुन, विद्यार्थी संघका जिल्ला अध्यक्ष ईन्द्र सारु, रेडियो समावेशीका अध्यक्ष प्रकाश राना, लिटिल बोडिङ्ग स्कुलका डिवी थापा, विद्यार्थी मदन थापा, लगायतले बोल्दै विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए । संघका जिल्ला उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही जिल्लामा सामुदायिक तर्फ २ जना र संस्थागत तर्फ ४३ जना प्रवेशीका परिक्षामा उतिर्ण मगर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
