दिपा आलेमगर
दाङ असार २९
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आलेमगरले डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर सिजन ३ का विजेता तेरिया फौजामगरको उच्च शिक्षाकोलागि राज्यले ब्यवस्था गर्नु पर्ने बताइन् ।
नेपाल मगर विद्यार्थी संघ दाङले आयोजना गरेको लिटिल मास्टर सिजन ३ का विजेता तेरिया फौजामगरलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष आलेमगरले नेपालकी छोरी तेरियाले देशको नाम विश्वमै चिनाउन सफल भएको बताउंदै उनको उज्जवल भविष्य बनाउन राज्यले उच्च शिक्षा ग्यारन्टी गर्नु पर्ने धारणा राखिन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष आलेमगरले समाजमा तेरिया जस्ता बहुप्रतिभावान हजारौं तेरियाहरु जन्मीन आवश्यक रहेको बताउंदै तेरियालाई दोसल्ला एवं सम्मान पत्रले स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रमका विशिष्ठ अतिथि डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर सिजन ३ का विजेता तेरिया फौजामगरले सबैले साथ दिए भविष्यमा अझ आफ्नो देशको नाम उचो राख्ने बताइन् । उनले भनिन् “आज मात्र होइन भोलिका दिनमा पनि हजुरहरुको साथ र सहयोग पाइराखुँ ” कार्यक्रममा नेपाल प्रहरी दांगका डिएसपी ओम रानामगर, नेपाल मगर संघका केन्द्रिय सदस्य सावित्रा रानामगर, उद्योग बाणिज्य संघका प्रतिनिधि मन्जु बज्रचार्य, पत्रकार उदय जिएमलगायतले तेरियालाई शुभकामना सहित सहित खादा लगाएर सम्मान गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघ दांग जिंल्लाका अध्यक्ष सर्मिला रोकामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संघका सचिव प्रकाश रोकामगरले गरेका थिए भने कार्यक्रमको संयोजक संघका केन्द्रिय सदस्य जुनु बुढामगरले कार्यक्रममा सहभागी एवं सहयोगकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेको थियो ।
नेपाल मगर विद्यार्थी संघद्धारा तेरिया फौजामगरको सम्मान
Read Time:2 Minute, 40 Second
