साउदीको मरुभुमीमा नेपाली चेलीको बिचल्ली

Read Time:6 Minute, 5 Second

दिल प्रसाद थापा / बुटवल

 

एक्कासी फोन कल आयो केही परिचित महिलाको अवाज जस्तो रुन्चे स्वरमा भन्दै थिइन  दिदी मलाई यहाँ बाट निकाल्नुहोस , यि राक्षसहरुले मलाई मार्न लागि सक्यो ।

यो आवाज सुन्न साथ भावुक भएकी दिदी गिता परियार अक्क न बक्क परेकी थिइन । अचानक पाच वर्ष पछि आफ्नी बैनी शान्ती परियारको आवाज सुन्दा त्यो पनि दुखको समाचारले दिदीको आखाँ भरि आसु ले भरिन्छ । कसरी बचाउने आफ्नो प्यारी बैनीलाई उ साउदी अरबमा दिदी नेपालमा । यो खबर सुन्नासाथ गिता परियार बुटवलको इलाका प्रहरी कार्यलय धाउछिन, उक्त केश प्रहरीले केही गर्न नसक्ने र राजदुत वा सम्बन्धित निकायमा गई आवेदन दिन सल्लाह दिए पछि गिता परियार एबिसि नेपालको कार्यलय तथा पौरखीमा निवेदन दिएकी थिइन । निवेदन दिएको तिन महिना विती सक्दा पनि कहि कतै बाट सहयोग तथा काम भएको नभएको बेखबर भएको बताउछिन । पटक पटक कतार स्थित नेपाली राजदुतको नम्बरमा सम्पर्क गर्दा फोन कल गर्दा त्यहाँका कर्मचारीले वास्ता नगरेको गुनासो गरिन ।

उता फोन कल आएको तिन महिना विती  सक्दा पनि कहि कतै बाट पहल नहुदा आफ्नो वहिनीलाई चाडो उद्धार गर्न सबै संघसस्थाबाट सहयोगको को लागि गुहार मागेकी छिन । साउदी अरवको मरुभुमीमा घरायसी कामदारको रुपमा गएकी नेपाली चेली शान्ती परियार घर मालिकद्धारा चरम शारिरीक यातना भोगिरहेको घटना उनको परिवारले उद्धार गर्नको लागि विभिन्न संघ सस्थामा गएता पनि सहयोग नपाएको गुनासो गरेकी छिन ।    

१६ वर्षको कलिलो उमेरमा घरमा आर्थिक अवस्था कमजोर भइ पैसा कमाउने र सुखद जिवन विताउने सपनाको साथ आज भन्दा ५ वर्ष अगाडि घरायसी कामदारको रुपमा एजेन्टको सहयोगमा नक्कली पासपोर्ट निकाली शान्ती परियार साउदी अरव उडेकी थिइन ।  केही कमाउला भन्ने सपनाको साथ साउदी अरब पुगेको परियार अहिले दैनिक जसो घर मालिकको शारिरिक यातना तथा घर मालिकद्धारा मारिदिने धम्कीका साथ प्रत्यक दिन उद्धारको आशामा दिन गनिरहेकी छिन । स्थानिय सिता शाही नाम गरेको एजेन्टले लोभ प्रभोलन देखाई  शान्ती परियारलाई नक्कली पासपोर्टका साथमा भारतको मुम्बई सहर हुदै साउदी अरब पुगेकी थिइन । आमा नभएको बेला एजेन्टले विभिन्न प्रभोलनमा पारि सुटुक्ट भगाएर लगेको उनका दिदी गिता परियारले आरोप लागाएकी छिन ।  

गिता परियार अनुसार आफ्नी बहिनी पटक पटर उक्त घरबाट भागेर फोन गर्न कोसिस गरिरहेकी हुन्थिन तर कहिल्यै कल गर्न पाएको थिइनन । भाग्य वश त्यहीको अरवी मुलका टेक्सी ड्राइभरको सहयोगमा सो फोनकल गर्न सफल भएको थिइन । फोन कलमा गिता परियार अनुसार बहिनीलाइ दिनहु जसो शारिरिक यातना दिने गरेको समयमा पुरा खान नपाउने , खाना खादा पिट्ने र घरमा केही हराएमा चोरीको आरोप लागाएर पिट्ने जस्ता अमानविय व्यवहार गरेको बताइन । शान्ती परियारलाई घरमालिकका छोरा छोरीले पनि पिट्ने गरेको र पाँच वर्ष सम्मको कमाई दिन सक्दैनौ भन्दै मालिकले बरु मार्ने धम्की दिने गरेको बताए ।  

पटक पटकको फोन कलमा उनले उद्धार गर्न अपिल गरिरहेकी छिन । उनले बताए अनुसार उनी भएको घरको ठेगाना छोडी देवदह, बुरीमन अवैजा ,डफ्लमु बोदिन , साउदी अरव रोड नं. ४३ , घर नं. ११ हो । उनीको घरपरिवार हाल बुटवल ४ स्थित श्रीराम नगर टोल गा्रमीण बस्तीमा बस्दै आएका छन । परिवारमा हाल बाबा आमा आफु र पडित बहिनी सहित चार बहिनी, दुइ भाइ रहेको बताइन । उनले मानव अधिकार कर्मी , राजनितीक दल , सम्बन्धीत संघ संस्थालाई आफ्नो बहिनीको उद्धार गरिदिन अनुरोध गरेकी छिन । आर्थिक अवस्था कमजोर भएको कारणले विभिन्न निकायमा आवाज पु¥याउन नसकेको र कुनै पनि निकायमा गुनासो सुनाउन जादाँ पैसा खर्च गर्न नसकेको कारणले बहिनीको उद्धारको लागि केही गर्न नसकेको दिदी गिता परियारले दुखेसो पोख्दछिन ।

यो एक जना नेपाली महिलाको उदाहरण मात्र हो यसरी लाखौ बैदेशीक रोजगारमा जाने नेपाली महिलाहरु विदेशी भुमीमा अलपत्र अवस्थामा परेको थुप्रै घटनहरु आइरहेको छन । तर नेपाली कुटनितीक तथा राजदुतले उद्धारको लागि केही पहल गर्न नसक्द लाखौ नेपालीहरु विदेशमै गुमराह हुन पर्ने बाध्यत्मक अस्थाले विदेशी भुमीमै हराउन पर्ने अवस्था रहन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %