राज्य पुनर्संरचनाको विषयमा बहस

Read Time:2 Minute, 15 Second

सिद्घार्थ हिम्डुङ्ग

काठमाडौँ, असार २६ गते – संविधानसभा अन्तरगत रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा फूलहाउसमा छलफल भई आएको राज्य पुनर्संरचनाको विषयमा छलफल र बहस भईरहेको छ ।

सो छलफलमा सहभागि हुँदै राजमुपाका सभासद शिवलाल थापामगरले पहिलो संविधानसभामा सहमति भइसकेका विषयहरु – संघियता, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्व लगायतका सम्बन्धमा पुनः दोहोर्याएर छलफल गर्ने हो भने सहमतिमा पुग्न सकिँदैन । अतः हिजो जुन ठाउँमा गएर हलो अड्किएको छ त्यही ठाउँबाट छलफल सुरुआत गर्नु पर्ने बताए ।  

छलफलमा सङ्घियता असफल भएका मुलुकहरुको मात्र उदाहरण दिएर नेपालमा पनि संघियता मुलुकको हितमा छैन भनेर बहस गर्नु समय सान्दर्भिक हुदैन । किनभने जातीय आधारमा संघियता सफल भएका मुलुकहरु पनि धेरै छन् । इथियोपिया, बोश्निया- हर्जगोविना लगायतका मुलुकहरु यसका उदाहरण हुन् । मगरात प्रदेश दिने हो भने मगरबाहेक अरु जाति कहाँ जाने भन्ने सवालमा सभासद थापाले- हामी धेरै टाढा जानुपर्दैन । भारतलाई हेरे पुग्छ । बिहारीको नाममा बिहार, तामिलको नाममा तामिल नाडु, नागाको नाममा नागल्याण्ड बनेको छ ।

ती प्रदेशमा जसरी सबै भारतीयहरु अटेका छन् त्यसरी नै मगरात, लिम्बुवान, तामाङ्सालिङ्ग, थरुहट, नेवा, तमुवान, खम्बुवानमा पनि सबै नेपालीहरु अटाउन सकिन्छ । राज्यपुनर्सँरचना गर्दा विविध जातजाति, धर्म, वर्ण, सँस्कृति भएका समुदाय लगायत सिमान्तकृत, अल्पसँख्यक सबैलाई मिल्ने खालको संविधान निर्माण गर्नुपर्दछ भन्ने भनाई राखेका थिए ।                                                

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %