यो वर्षमा दुर्घटनाबाट ४३८ को मृत्यु

Read Time:2 Minute, 44 Second

१५ जिल्लामा  ट्राफ्रिक व्यवस्थापन हेर्न ३ सय ६४ जनाको जनशक्ती

देब पचभैया

बुटवल, २४ असार – चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी पश्चिमाञ्चलमा  मृत्यु हुनेको संख्या ४ सय ३८ छ । गतवर्षको साउनदेखि जेठ मसान्तसम्म पश्चिमाञ्चल क्षेत्रमा भएका दुर्घटनाबाट उनिहरुको मृत्यु भएको हो । सो अवधीमा ७ सय ८४ वटा सवारी दुर्घटना भएका थिए ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४ सय ६४ थियो । अघिल्लो वर्ष ८५९ वटा सवारी दुर्घटना भएका थिए ।गतबर्षको भन्दा कम महिना कम अवधीमा उक्त दुर्घटना भएका हुन् । चालु वर्ष ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्दा ६ करोड ४३ लाख ३१ हजार ४ सय ५० रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै मापसे गरी सवारी चलाउने २ हजार ४ सय ९ जनालाई कारवाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए । पश्चिमाञ्चलका १६ मध्ये १५ जिल्लामा ३६४ जनाको जनशक्तिले ट्राफिक व्यवस्थापन गर्नुपर्दा कठिनाई भएको, प्रयाप्त बजेटको अभाव, छाडा चौपाया जस्ता समस्याले दुर्घटना न्युनीकरणमा चुनौती थपिएको यादवको भनाई छ ।

यस क्षेत्रमा पुराना गाडी बिस्थापित गर्ने अभियान पनि संचालन भएको छ । जसका कारण पनि सबारी दुर्घटना कम हुने विश्वा छ । ९ करोड ३२ लाख रुपैयाँ खर्चेको पश्चिमाञ्चलका पहाडी क्षेत्रमा चल्ने १० वर्षभन्दा पुराना गाडी विस्थापीत गरिएको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले नगर क्षेत्रमा सवारी पार्किङको समस्या बढ्दै गएकाले अब नगरपालिकाले घर निर्माण गर्दा पार्किङ अनुमतिको बाध्यात्मक व्यवस्था गर्न लागेको जानकारी गराए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %