गोबिन्द घर्ती
असार २३ । देवदह क्षेत्रमा भएको काठ तस्करी कार्यमा एक सामुदायिक वनका अध्यक्षको समेत सलग्नता रहेको खुलासा भएको छ । जिल्ला वन कार्यालय रुपन्देहीले काठ तस्करी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि बुद्धमावली सामुदायिक वन देवदह नगरपालिका–९, का अध्यक्ष गोविन्द क्षेत्री काठ तस्करीमा संलग्न भएको पुष्टि भएको छ । असार १० गते बुद्धनगर सामुदायिक वनको ३ वटा सालका रुख काटेर विभिन्न समिलमा पु¥याएको अवस्थामा उक्त काठ बरामद गरिएपछि काठ संगै पक्राउ परेका समिल संचालकको बयानको आधारमा गोविन्द क्षेत्री पनि काठ तस्करीमा संलग्न भएको खुल्न आएको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । निज क्षेत्री केही समय अघिमात्र बुद्धमावली सामुदायिक वनको अध्यक्षतामा दोश्रो पटक निर्वाचित भएका थिए । जिल्ला वन कार्यालय रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका क्षेत्रीलाई पक्राउ गर्न प्रहरी प्रशासन समेत परिचालन गरिएको बताईएको छ । विगत लामो समय देखि देवदह क्षत्रेमा राष्ट्रिय तथा सामुदायिक वनहरुमा तस्करी कार्य बढ्दै गएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको सक्रियतामा यस अघि १ सय २७ क्यूफुट काठ करहियाको सेमराबाट र ८८ क्युफुट काठ बुटवलको कालिका नगरको समिलबाट बरामद गरिएको थियो । सामुदायिक वनर्कै पदाधिकारीहरुको मिलोमतोमा हुने तस्करी रोक्न सर्वसाधारणहरुले सम्वन्धीत निकाय संग माग गरेको छ ।
