नृत्यांगना भुमिका राईलाई संयुक्त रुपमा बिदाई गरियो

Read Time:4 Minute, 36 Second

महेन्द्र थापामगर, कतार
नेपाली कला केन्द्रका सदस्य तथा नृत्यांगना भुमिका राई कतार छाडी नेपाल जानुहुने भएकोले नेपाली कला केन्द्र, कतार, किंरात राई यायोक्खा, शाखा कतार र नेपाल प्रवासी मगर संघ, दोहा कतार गरी तिन वटा संस्थाले नेपाली कला केन्द्रको प्रशिक्षण हलमा २०१४ जुलाई ५ तारीक शनिवारको दिन संयुक्त रुपमा विदाई गरेको छ ।
राई यायोक्खाका अध्यक्ष अमृतकुमार राईको सभापतित्वमा बिदाई भएर जाने भुमिका राईको प्रमुख आतिथ्य, मगर संघका अध्यक्ष शरण थापामगर बिशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाली कला केन्द्रका उपाध्यक्ष प्रबिन राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा कि.रा.या. का पदाधिकारीहरु ,ने.क.के.का पदाधिकारीहरु तथा ने.प्र.म.सं.,कतारका पदाधिकारी अनि शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो ।
कतार छाडी आफ्नो जन्मभूमि जानु हुने भुमिका राईलाई तिनैवटा संस्थावाट खादा, कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने ब्यक्तिगत रुपमा पनि मगर संघका प्र.उपाध्यक्ष र टेक रसाईलीले पनि संझना स्वरुप मायाको चिनो प्रदान गरेका र्थिए ।
कार्यक्रममा बिदाई मन्तव्यको क्रममा कला केन्द्रका रबि मगर, कि.रा.या.का सल्लाहकार चन्द्रशेर राई तथा मगर संघका अध्यक्ष शरण थापामगरले आफ्नो—आफ्नो धारणा राखेका थिए । मन्तव्यको क्रममा अध्यक्ष शरण थापामगरले दोहामा रहेर कलाकार भुमिका राईले तिन वटै संस्थामा आवद्ध भई दोहाका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कला तथा नृत्यलाई प्रस्तुत गरेकी थिइन । उहाँको अभाव सदैव खड्गी रहने कुरा बताएका थिए । मगर संघको हरेक कार्यक्रममा सहभागी भएर सधैं सहयोगी भावना रहेको कलाकार बहिनीलाई बिदाई गर्नु पर्दा संस्थालाई साह्रै दुख लागेको र नेपालमा गएर पनि भविष्यमा आफुमा रहेको कलालाई संधै अगाडी बढाईरहनु हुनेछ भन्ने आशा लिई मगर संघ कतारले उहांको हरेक पाईलामा साथ दिई रहने वाचा गरेका थिए । जाँदा जाँदै उहाँको ब्यक्तिगत तथा सामाजिक जिवनको उच्च सफलताको कामना ब्यक्त गर्दै शुभ यात्राको कामना समेत गरेका थिए ।
प्रमुख अतिथी भुमिका राईले दोहाको बसाईमा मलाई मेरो हरेक पाईलामा साथ दिएर कला क्षेत्रको अभिरुचिलाई अगाडी बढाउनको लागी साथ दिनु भएकोमा सम्पूर्ण दोहावासी संघ,संस्था दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिनुहुँदै आभार प्रकट गरेकी थिइन । आफु जहाँ रहे पनि नेपाल र नेपाली कला तथा संस्कृतिलाई सदैव आफ्नो कलाकारिताले सहयोग गरी रहने वाचा गर्नु भएको थियो । जाँदा जाँदै जान अन्जानमा केहि गल्ति भएमा सानो बहिनी सम्झी माफी दिनु हुन्छ भन्ने आशा राखी प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुलाई आफ्नै देशमा बसेर परिश्रम गर्नु हुन आग्रह गरेकी थिइन । अन्तमा, सभापति अमृतकुमार राईले बिदाई तथा सम्मानका लागि उपस्थित सम्पुर्ण संघ संस्थाका पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिदै बहिनी भूमिका राईको कलाकारिताको सफलता र स्वास्थ लाभ तथा शुभ यात्राको कामना गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %