ट्याङकरबाट पानी ढुवानी गरी रोपाई शुरू

Read Time:1 Minute, 3 Second

गोबिन्द घर्ती
असार २३ । धान रोप्ने समय भईसक्दा पनि पानी नपरेपछि किसानहरु पप्पसेट वा मोटर चलाएर रोपाई गर्ने गरेका छन् । तर रुपन्देहीको देवदह खैरेनीमा भने ट्याङकरबाट पानी ढुवानी गरी रोपाई गरिएको छ । धानको वीऊ छिपिइ सकेको र पानीको अन्य श्रोतहरु नभएका कारण देवदह नगरपालिका–६ का किसान ईश्वरी गौतमले ट्याङकरमा पानी ढुवानी गरी रोपाई गरेका छन् । समयमै पानी नपरेपछि गौतम जस्तै अन्य किसानले पनि दुख संग रोपाई गरेका छन् । पौडेलले बुटवलबाट ट्याङकरबाट पानी ल्याई आफनो खेतमा रोपाई गरेका हुन् । समयमा पानी नपर्दा उत्पादन लागतमा बृद्धिभई किसानहरुलाई नोक्सान हुने जिल्ला कृषि कार्यालय रुपन्देहीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %