पकवादीमा सकियो उद्धघोषण तथा पत्रकारीता तालिम

Read Time:3 Minute, 37 Second

विनोद रखाली मगर

स्यांगजा , असार २१- गल्याङ् गजल सगंम पकवादी गाविसको आयोजनामा सन्चालित ५ दिने आधारभुत पत्रकारीता तथा उद्धघोषण तालिम सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै लक्ष्मी च्यानल्स् प्रा.लिका अध्यक्ष तथा लक्ष्मी टेलिभिजनका प्रवन्धक ददिराम पाण्डेले उद्धघोषणकला ले नेतृत्व , व्यक्तित्व तथा वोल्ने कलाको विकाश गर्ने हुँदा व्यवहारिक रुपमा अगाडि वढाउन आग्रह गरे  । पाण्डेले स्थानिय प्रतिभालाई लक्ष्मी टेलिभिजनले सदैव स्थान दिने भन्दै प्रतिभालाई मलजल दिने कार्यमा पूर्ण साथ रहने जिकिर गरे  । कार्यक्रममा विशिष्ट अतिथिको आसन मार्फत वोल्दै प्रशिक्षक तथा युवा सन्चारकर्मी विनोद रखाली मगरले ग्रामिण पत्रकारीता आजको आवश्यक्ता रहेकाले तालिम सिके पश्चात स्तानिय स्तरमा हुने कृषी , पशु , शिक्षा तथा स्वाथ्य क्षेत्र र स्थानिय जिवन स्तरलाई पत्रकारीताको माध्यम मार्फत वाहिर निकाल्न तालिम कोशे ढुङ्गा  सावित भएको दावि गरे  ।

ज्ञानोदय उच्च मा वि गौमुख पकवादिमा सम्पन्न भएको कार्यक्रममा गल्याङ् वहुमुखी क्याम्पसका प्राध्यापक श्रृषिराम भण्डारी , युवा नेता राम प्रसाद सापकोटा , लोक गायक कुसुम भण्डारी , लगाएतले बोलेका थिए ।

५ दिन सम्म सन्चालन भएको तालिममा युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका कार्यक्रम प्रमुख विनोद रखाल मगर , गल्याङ् पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक टिकाराम अधिकारी , युवा सन्चारकर्मी रेशमराज अर्यालले आधारभुत पत्रकारीता तथा रेडियो , टेलिभिजन तथा स्टेज कार्यक्रम सम्वन्धि प्रशिक्षण प्रदान गरेका थिए । स्थानिय कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुती सहित सम्पन्न कार्यक्रममा माधव भण्डारी , जुनतारा भण्डारी , प्रेम रेग्मी , तुलसा भण्डारी , सिता गैर्रे , सागर भण्डारी , विक्रम परियार लगाएतका कलाकारहरुले साङ्गेतिक तथा साहित्यकीक खुराकहरु पस्केका थिए । छविलाल सुन चाँदि पसल गल्याङ्को प्रायोजनमा सम्पन्न तालिमको समापन समारोहमा प्रशिक्षार्थी श्यामकला भण्डारी , सुरज गौडेलले अनुभव मन्तव्य राखेका थिए। प्रेम नारायण भण्डारीको स्वागत सङ्गै सुरु कार्यक्रमको सन्चालन सन्दिप भण्डारी र मनिसा भण्डारीको सन्चालन र गजल संगम पकवादीका अध्यक्ष मुक्ति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %