गोविन्द घर्ती
असार २० । राज्यको हरेक क्षेत्रमा आदिवासी जनजातिहरुको सहभागिता हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले नीति निर्माण तहसम्म आदिवासी जनजातिको पहुच नभएसम्म समग्र राज्यको उन्नती नहुने ठोकुवा गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ देवदहको आयोजनामा संचालित ५ दिने आधारभूत पत्रकारीता तथा उद्घोषण तालिमको सभापन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले राज्यको हरेक निकायमा समानुपातिक, समावेशीता सहभागिता नभएको कारण समाजको समुन्नत प्रगति हुन नसकेको बताएका थिए । नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशर पुनको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराई, नेकपा एमाले देवदह नगर संयोजक पदम थापा, एमाओवादी देवदह नगर संयोजक कृष्ण ढकाल, राष्ट्रिय प्रजातन्त्र पाटीका मित्रलाल खरेल, राष्ट्रिय जनमोर्चाका हरी केसी, तमु छोंज धी केन्द्रीय अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मिलन गाहा, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, देवदह साप्ताहिकका प्रकाशक त्रिलोचन दाहाल, प्रशिक्षार्थी जीवन मगर, ममता पुन लगायतले ले बोल्दै तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको सार्थक रहने बताएका थिए । महासंघका सचिव राजकुमार श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक गोविन्द घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा तत्कालिन देवदह गाविसका आदिवासी जनजाति युवाहरुको सहभागिता रहेको थियो ।
