उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विमा रकम हस्तान्तरण

Read Time:1 Minute, 50 Second

गोविन्द घर्ती

असार २१ । सहकारी सुख र दुख दुवै समयमा काम लाग्ने भएको हुदा सहकारीको शेयर सदस्य बन्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनिहरुले सहकारीलाई सहकारीको मुल्य र मान्यता अनुसार सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले आयोजना गरेको विमा रकम हस्तान्तरण तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन । संस्थाका अध्यक्ष खुम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महामाया भवानि उच्च माविका प्राचार्य दिनानाथ अर्याल, जनप्रिय माविका प्रधानाध्यापक गायत्री प्रसाद खरेल, देवदह साप्ताहीकका त्रिलोचन दाहाल, आशिष क्षेत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा दुर्घटनामा मृत्यु भएका शेयर सदस्य राजन लुईटेलका बुवा तारा लुईटेललाई दुर्घटना विमा वापत १ लाखको चेक हस्तान्तरण गरिएको थियो । त्यसैगरि सरकारी विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने सरस्वती माविका आशिष क्षेत्रीलाई सम्मान गरिएको थियो । कृष्ण प्रसाद गैरेको स्वागत र टिका गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %