सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Read Time:1 Minute, 10 Second

देब पचभैया

नवलपरासी, १७ असार – नवलपरासीको अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपरासीका अनुसार बुटवलबाट नारायणगढतर्फ आउंदै गरेको ना ५ ख २५९७ नम्बरको मिनी ट्रक र पूर्वबाट बुटवलतर्फ जांदै गरेको लु ११ प ८०६८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा सो दुर्घटनामा भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको बुटवल नगरपालिका लक्ष्मीनगर निवासी २५ बर्षीय शिशिर रानाको घटना स्थलमै मृत्यु भएको हो ।

त्यसैगरी सोही दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकलमा सवार बुटवल लक्ष्मीनगरकै २५ बर्षीय विदुर कार्कीको पनि उपचारको क्रममा अस्पतालमा निधन भएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %