देब पचभैया
पाल्पा, असार १६ – निर्बाचनले गर्दा पाल्पामा नेकपा एमाले नेतृत्व बिहिन भएको छ । पार्टीको नवौ महाधिबेशनको लागी भएको प्रतिनिधि चयनमा पाल्पाका कार्यबाहक अध्यक्ष देबी बस्याल पराजित भएसंगै राजीनामा दिएपछि एमाले पाल्पा नेतृत्व बिहिन भएको हो ।
जिल्ला अध्यक्ष राधाकृण्ण कडेल संबिधान सभाको दोश्र्रो निर्बाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट निर्बाचित भएपछि उपाध्यक्ष बस्याल कार्यबाहक अध्यक्ष बनेका थिए ।
बस्याल प्रतिनिधि चयनमा वली पक्षबाट प्रतिस्पर्धामा उत्रिएको थिए । महाधिबेशनको लागी पाल्पा बाट २६ जना निर्बाचित भएका थिए । ३ जना केन्द्रिय सदस्य र २६ जना निर्बाचित गरी पाल्पा बाट २९ जनाले पार्टीको महाधिबेशनमा सहभागीता जनाउदैछन् ।
गएको शनिबार भएको निर्बाचनमा पाल्पा क्षेत्र नम्बर २ मा ७ जनै प्रतिनिधि माधब नेपाल पक्षले जितेका थिए । भने क्षेत्र नम्बर १ र ३ मा नेपाल र वली दुबै पक्षको बराबरी प्रतिनिधि निर्बाचित भएको बताइएको छ ।
निर्बाचनमा माधब नेपालका सम्धी एबं क्षेत्र नम्बर २ का सभासद सोम प्रसाद पाण्डे सहित नुर राज बस्याल, कालीदास श्रेष्ठ, मोहन थापा, खिमानन्द पाण्डे, महिला तर्फ ज्ञानु आत्रेय र उर्मिला शर्मा बिजयी भएका हुन् ।
निर्बाचनमा सोम प्रसाद पाण्डेले ७ सय ३६, नुरराज बस्यालले ६ सय २८, काली दास श्रेष्ठले ५ सय ५६, मोहन थापाले ५ सय ५५, खिमानन्द पाण्डेले ४ सय ७३, ज्ञानु आत्रेयले ५ सय ७६ र उर्मिला शर्माले ५ सय ६३ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर २ मा केपी वली पक्षबाट निर्बाचन उत्रिएर पराजित भएका एमाले पाल्पाका कार्यबाहक अध्यक्ष देबी बस्यालले ३ सय ९१, झपेन्द्र जिसिले २ सय ७३, एक प्रसाद भण्डारी १ सय ९०, बिमल काफ्ले ९५,टिका बहादुर थापा २ सय ३९, लक्ष्मी पाठक २ सय ८२ र रुक्मिणी देबकोटाले २ सय ५३ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ३ मा पुर्ब सभासद कुल प्रसाद नेपाल, यादब बहादुर रायमाझी,ओम बहादुर घर्ती, कृण्ण थापा,नारायण जिसि,दुर्गा खनाल, नारायणी शर्मा र इन्द्र गहतराज बिजयी भएका थिए । बिजयी मध्ये पुर्ब सभासद यादब बहादुर रायमाझी र कृष्ण थापा माधब नेपाल पक्षको मानिन्छन् भने पुर्ब सभासद नारायणी शर्मा, ईन्द गहतराज वली पक्षको बताईएको छ ।
क्षेत्र नम्बर १ मा नारायण आर्चाय, राजु श्रेष्ठ, राधाकृष्ण कडेल, युवराज खनाल, टंक खनाल, देबी लाल लामीछाने, महिला तर्फ राजेन्द्र लक्ष्मी गैरे, लालु माया पोखे्रल बिजयी भएका छन् ।
दलित तर्फ मृतिmराम कालीराज र योगेन्द्र गैरे बिजयी भएका छन् । मजदुर तर्फ चन्द्र कान्त न्यौपाने सर्बसम्मत भएका हुन् ।
बिजयी प्रतिनिधि मध्ये क्षेत्र नम्बर ३ का सभासद समेत रहनुभएका राधाकृष्ण कडेल र नारायण आर्चाय केपी पक्षका हुन् भने राजेन्द्र लक्ष्मी गैरे माधब नेपाल पक्षका हुन् । अरु प्रतिनिध नखुलेकाले दुबैपक्षले आफ्नो भएको दाबी गरेका छन् ।
