नया अटोरिक्साले ३ जनाको लियो ज्यान

Read Time:2 Minute, 15 Second

देब पचभैया

पाल्पा, असार १७ पाल्पाको सिद्धबाबा मन्दिरमा पुजा गरेर बुटवल फर्किएको नया अटोरिक्सा आज दिउसो सवा दुई बजे तिर दुर्घटना हुदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । ३ जना गंभिर घाईते छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बुटवल नगरपालिका ६ का ३६ बर्षिय पिताम्बर ज्ञवाली, सोही ठाउकी ३५ बर्षिया हिरा आचार्य रहेका छन् ।अन्दाजी ४० बर्षकी महिलाको सनाखत हुन नसकेको दोभान प्रहरी चौकी पाल्पाका प्रमुख धिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाईते गुल्मी घर भई बुटवल ७ बस्ने ७ बर्षिय सुभास ज्ञवालीको लुम्बिनी अंचल अस्पताल बुटवल बाट थप उपचारको लागी चितवन रिफर गरिएको छ भने बुटवल ६ की ३४ बर्षिया भगवती रायमाझी र बुटवल १३ की २१ बर्षिया मुना गाहाको अंचल अस्पताल बुटवलमै उपचार भैरहेको छ । उनीहरुको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।

चालक बुटवल ६ का ३८ बर्षिय यादब रायमाझी रिक्सा पल्टिने क्रममै हाम फालेर बचेको प्रहरीले जानकारी दिएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

बुटवलदेखि ३ किलोमिटर सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको माथिल्लो सिद्ध बाबा र तल्लो सिद्ध बाबा निरको छरछरे छहरा निरबाट झण्डै ढेड सय मिटर तल तिनाउ नदिमा रिक्सा खसेको हो ।

रायमाझीले हिजो मात्रै नया अटो रिक्सा (मोटरसाईकलमा पछाडी दुई वटा पाङग्रा जोडेर बनाईएको ) किनेका थिए । आज दिउसो आफन्त र छिमेकी बटुलेर उनले रिक्सा पुजा गर्न मन्दिर आएको बेला दुर्घटनामा परेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %