देब पचभैया
पाल्पा, असार १६ – खेतमा पानी लगाउने क्रममा पाल्पामा करेन्ट लागेर एक बृद्धाको ज्यान गएको छ ।
मदनपोखरा ७ दमकडाकी ६४ बर्षिया जमुना पाण्डेको करेन्ट लागेर सोमबार दिउसो ज्यान गएको हो । घर नजिकैको खेतमा मोटर लगाएर पानी लगाउने क्रममा उहालाई करेन्ट लागेको स्थानियले बताएका छन् । करेन्ट लागेर बेहोस भएकी पाण्डेको उपचारको लागी अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
