धमाधम बजार अनुगमन चल्दै

Read Time:3 Minute, 5 Second

देब पचभैया
पाल्पा असार १४ गते

संयुक्त बजार अनुगमन समितिले सदरमुकाम तानसेन सहित आसपासका बजारहरुको अनुगमन कार्यलाई तीव्रता दिएको छ । तानसेन सहित पूर्वी पाल्पाको रामपुर, ताहुँ र आर्यभञ्ज्याङ् सहित पश्चिमको छहरा, बतासे र अमलावासका क्षेत्रमा रहेका पसलहरुमा गरिएको अनुगमनका क्रममा दर्ता बिनाका ब्यवशाय संचालन भैरहेको पाईएको छ ।
अनुमगमनको क्रममा ब्यापारीहरुले दर्ता गरेर ब्यवसाय गर्नुपर्छ र कर कार्यालयमा दर्ता गराउनुपर्छ भन्नेबारे जानकारी नै नभएको पाईएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन ज्ञवालीले बताए । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका अखाद्य बस्तु बराम्द गरेर नष्ट गर्ने काम पनि भैरहेको उहाको भनाई छ ।

भर्खरै मात्र पश्चिम पाल्पाका बतासे बजार, छहरा बजार र अमलावास बजारमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा अनुमति नलिई संचालन गरिएको बतासेको एउटा र छहरा बजारको एउटा मेडिकललाई अनुमति लिएर मात्रै मेडिकल संचालन गर्न निर्देशन दिईएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिृकत बालकृष्ण गैरेले जानकारी दिए ।
अनुगमनका क्रममा अनुमति नलिई ब्यवसाय संचालन गरेकाहरुका लागि ७ दिनभित्र अनुमति लिएर ब्यवसाय गर्ने, पर्नेमा दर्ता गराएर मात्रै ब्यवसाय सुरु गर्ने, म्याद सकिएको सामाग्री बिक्रीबितरण नगर्ने, मूल्य सूची अनिवार्य रुपमा राख्नुपर्ने, उत्पादकको नाम ठेगाना उत्पादन मिति र मूल्य उल्लेख नभएको सामाग्रीको बेचबिखन नगर्ने बताएको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले बताएका थिए ।
ब्यवसायीले आफ्नो पसल फर्मको साइनबोर्ड अनिवार्य रुपमा राख्ने, नापतौल कार्यालयबाट प्रमाणित ढक तराजु मात्रै प्रयोगमा ल्याउनेबारे निर्देशन दिइएको छ । अनुगमनका क्रममा चाउचाउ, बिस्कुट, कोकाकोला, फ्रुटी, समोसा, भुजिया लगायतका सामानहरु म्याद गएको धेरै समय बितिसक्दा पनि बिक्रीका लागि पसलमै राख्ने गरेको फेला परेको छ । बजार अनुगमन कार्यलाई कडाईका साथ अगाडि बढाइने र बाँकी रहेका बजारहरुमा समेत नुगमन गरिने घरेलु अधिकृत गैरेले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %