राउटेको समुदायलाई गाँस, बास र कपासको आवश्यकता छ

Read Time:2 Minute, 0 Second

सिद्धार्थ हिम्डङ्ग
स्वकिय सचिव

काठमाडौँ, २०७१ आषाढ १२ गते – संविधानसभाभित्र अल्पसख्यक तथा सिमान्तकृक समुदायको हक अधिकार तथा साँस्कृतिक र सामाजिक एक्यवद्घताको विषयमा छलफल प्रारम्भ भयो । सो छलफलमा सहभागी हुँदै राष्ट्रिय जनमुक्ति पार्टीका मा शिवलाल थापामगरले केन्द्रीकृत शासन व्यवस्थामा हामीले एक भाषा, एक सँस्कृति, एक धर्म, एक भेषको नितिलाई बाध्यात्मक रुपमा स्वीकार्दै आएको कुरा बताएका थिए । 

त्यसरीनै थापामगरले अढाई सय वर्षदेखि थिचोमिचो र विभेदमा पारिएका आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, महिलाले अब बन्ने संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न खोज्नु न्याय संगत कुरा हो । एक्काइसोै सताब्दीको अन्तिम घडिमा आईपुग्दा पनि यहाँका अल्पसंंख्यक र सिमान्तकृत जातिहरु अहिलेसम्म जंगजलमा नै बस्न बाध्य छन् । राउटेको मुखिया नैन बहादुरलाई दशैँमा बोलाएर सरकारले दुईवटा खसी दिएर पन्छिन मिल्दैन । ती समुदायलाई गाँस, बास र कपासको आवश्यकता छ । प्राकृतिक साधन र श्रोतमाथि उनिहरुलाई अग्राधिकार दिनुपर्दछ । अन्तराष्ट्रिय श्रमसंगठन महासन्धि— १६९ लाई नेपालले स्वीकारेको सात वर्ष बितिसक्दा पनि सरकारले कार्यान्वयनमा नल्याउनु दुखद कुरा हो । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरिनुपर्दछ थापामगरको भनाइ थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %