विभेद गर्नेले माफि मागे

Read Time:1 Minute, 42 Second

मनोज घर्तीमगर

पोखरा, १३ असार – जातीय छुवाछुत तथा विभेदको अभिव्यक्ति दिएका पोखरा–९ शुभकामना टोलका एक गैर दलित दम्पत्तिले शुक्रबार दलित समुदायसंग माफि माग्दै आगामि दिनमा त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता जनाएका छन् । टोलमा बस्ने तिलक र माया खड्काले आफ्नो छोराको बिहेमा छिमेकि दलित समुदायलाइ विभेद हुने अभिव्यक्ति दिएका थिए । दलित युवा सञ्जाल नेपालको संयोजनमा भएको छलफल कार्यक्रममा स्थानीय दलित समुदायसंग खड्का दम्पत्तिले नजानेर विभेद भएको भन्दै आगामि दिनमा त्यस्तो व्यवहार नगरी विभेद अन्त्यको अभियानमा सहभागि हुने प्रतिबद्धता पनि जनाए । दलित युवाहरु राजु विश्वकर्मा लगातयले खड्काले विभेद गरेको भन्दै कार्वाहि गर्नुपर्ने माग गरेपनि माग गरेका थिए ।
‘नजानेर पीडा हुनेगरी अभिव्यक्ति दिए यसमा मलाई माफि दिनुहोस, अब गर्दिन ।’ खड्का दम्पत्तिले दलित समुदायको व्यक्तिको हातबाट पानी पनि खाएका थिए । छलफलमा माफि माग्ने बताएपछि सहमति टुङ्गिएको हो । युवा सञ्जालका अध्यक्ष पुष्कर विश्वकर्माले आगामि दिनमा दुवै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %