उप-प्रधान मन्त्रीको अातिथ्यतामा टेरीयाको सम्मान

Read Time:2 Minute, 43 Second

राम कुमार श्रेष्ठ

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी छिन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी(कपिलवस्तु दिवस अभियानले उप(प्रधानमन्त्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्को सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

हिजै मात्र टेरियाको नेपाल आउने समयको टुङो लागेको खबर प्राप्त भएपछि प्रमुख अतिथिको समय लिने काम भएकोले सम्मान कार्यक्रममा टेरियाका नेपाली गुरु सुरेश सिन्चुरी र भारती गुरु ॐकारलाई निमन्त्रणा पठाउने कार्यमा ढिलाइ भए तापनि कार्यक्रममा उहाँहरुको उपस्थिति होस भनी प्रयासरत छौं । भारतको कार्यक्रमपछी नेपाल आउने क्रममा नेपाल आइ नपुग्नु भएकोले हिजोसम्म सिन्चुरीसंग संपर्क हुन सकेको छैन भने ॐकारलाई हिजै निमन्त्रणा पठाइएको छ ।

कार्यक्रमः
मितिः २०७१।०३।१५
स्थानः सिद्धि ईन्द्र स्मृति प्रतिष्ठानको हल (लुम्बिनी बैँक भएको भवनको माथिल्लो तला) (एरपोर्टबाट कोटेस्वोर,बालकुमारी हुदै ग्वार्को भन्ने ठाउको मेन रोडमा)
बालकुमारी, ग्वार्खो, ललितपुर
समयः ११.०० बजे

नोटः- समय पहिला १४.०० राखेर समाचार प्रकाशित गरेपछि सोही समयमा राष्ट्रपतिद्धारा संसद भवनमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको कारण समय परिवर्तन गरिएको छ । यो समाचार ब्लगबाट मात्रै ४,००० भन्दा बढी शेयर भएको देखिएकोले धेरैको बीचमा यसबारे अपडेट नभएको हुन सक्ने देखी समय परिवर्तनको जानकारीमा ध्यान दिनु हुन अनुरोध गरिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %