९० दिने सामुदायिक पशु सहायक तालिम अन्तीम चरणमा

Read Time:2 Minute, 0 Second

देवेन्द्र सारु मगर, नवलपरासी
नेपाल जलवायु परीवर्तन सहयोग कार्यक्रम एवम् जिल्ला विकास समिति रुकुम र गैडाकोट टेक्नीकल एकेडेमीको संयुक्त सहभागितामा नवलपरासीको गैडाकोटमा संचालन भइरहेको ९० दिने सामुदायिक पशु सहायक तालिम अन्तीम चरणमा पुगेको छ । विगत दुइ महिना अगाडीदेखी संचालनमा आएका सो तालिममा रुकुम रोल्पा, वर्दिया र कैलालीका गरी दुइ दर्जन भन्दा वढिले सहभागिता जनाएका छन् ।
विषेष्गरी विपन्न, द्धन्द्धपीडीत क्षेत्रका प्रशीक्षार्थीहरुको सहभागिता रहेको सो तालिमबाट आफुहरु निकै लाभान्वीत भएको सहभागी प्रशिक्षार्थी भुवन पुनले बताएका छन । दुर्गम जिल्लामा पशुहरुको उपचारमा समस्या हुने र धेरै पीडित हुनुपरेको समस्याको निराकरणमा यो तालिम निकै फलदायी हुने अर्का महीला प्रशीक्षार्थी लक्ष्मी खड्काले जनाए । साथै आगामी दिनहरुमा आफ्नै ब्यवासाय संचालन गरेर आर्थीक लाभ लिन सक्ने पनि प्रशिक्षार्थीहरूको भनाइ थियो ।
अहिले संचालन भइरहेको सो तालिम अर्को हप्ता समापन गर्ने कार्यक्रम रहेको गैडाकोट टेक्नीकल एकेडेमीका अध्यक्ष भोजराज भट्टराईले जानकारी दिएका थिए । मुलुकका अन्य स्थानका प्रशीक्षार्थीहरुलाई विभिन्न प्राविधिक विषयमा तालिम संचालन गर्दै जाने पनि अध्यक्ष भट्टराईले वताएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %