राजमुपाको जातीय मुक्ति र ससपाको वर्गीय मुक्तिको छिट्टै लगन गाँठो हुने

Read Time:2 Minute, 19 Second

काठमाडौँ, २०७१ असार ०८ गते – राष्ट्रिय जनमुक्ति पार्टी र संघिय समाजवादी पार्टी बिच भईरहेको पार्टी एकीकरणको प्रक्रिया अत्यन्त तिव्र गतिमा अगाडी बढिरहेको छ ।

हिजो २०७१ असार ७ गते यी २ दलका शीर्ष नेताहरु श्री एम्. एस्. थापा र अशोक राई बिच संघिय समाजवादी पार्टी संसदीय दलको कार्यलय, सिंहदरबार, काठमाडौँमा भएको गोप्य वार्ता अत्यन्त सकरात्मक ढंगले सम्पन्न भयो । शीर्ष नेताहरुको छलफलमा राजमुपाले उठाउँदै आएको बहूजातीय प्रजातान्त्रिक समाजवाद र ससपाले उठाउँदै आएको संघिय समाजवादलाई फ्युजन गरि संयुक्त अवधारणा पत्र तयार गर्न दुवै पार्टीका महासचिव स्तरीय कार्यदललाई जिम्मा दिने सहमती भएको छ । 

त्यसरी नै राजमुपाले भन्दै आएको प्रमुख मुद्दाको रुपमा जातीय मुक्तिको कुरालाई प्राथमिक्तामा राख्ने र ससपाले मुल मुद्दाको रुपमा उठाएको वर्गीय मुक्तिको कुरालाई पनि दुवै पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म छलफलको रुपमा अगाडी बढाउने कुरामा पनि दुवै पार्टीका शीर्ष नेताहरुमा सहमती भयो ।

अन्तमा सैद्घान्तिक रुपमा दुवै पार्टी निकट भविष्यमानै एकीकरण हुने सम्भावनाको धेरै नजिक पुगेको र केही प्राविधिक कुराहरु मात्र बाँकी रहेको कुरा राजमुपाका अध्यक्ष श्री एम्. एस्. थापाले बताए । सो बैठकमा राजमुपाका उपाध्यक्ष तथा सभासद शिवलाल थापामगर र ससपाका महासचिव राजेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

 

मा० शिवलाल थापामगर

(सभासद तथा दलको नेता)

राजमुपा, संसदीय दलको कार्यलय सिंहदरबार, काठमाडौँ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %